bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेर कृष्णनगरले मनायो ३८औं बार्षिकोत्सव

pokhariya Holi Notice

अजय मिश्र, कपिलवस्तु, भाद्र १।

नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ।
आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय बाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः कार्यालयमा आएर कार्यक्रम समापन गरिएको थियो।

कृष्णनगर वितरण केन्द्र बाट कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शिवगंगा नगरपालिका वडा नं ११ यस क्षेत्रमा विद्युत लाइन निर्माण, विस्तार, मर्मत तथा आपूर्ति सम्बंधी सम्पूर्ण कार्यगर्दै आएको छ।

कृष्णनगर वितरण केन्द्रको आर्थिक बर्ष २०७८/७९ मा ४६,२२१ ग्राहकहरु रहेकोमा आर्थिक बर्ष २०७९/८० मा २,१८८ ग्राहकहरु बृद्धि भई ४८,४०९ ग्राहकहरु पुगेका छन्। हाल ३३ के.भी. को ६३.४ किलोमीटर, ११ के.भी. को ४५६.४४ किलोमीटर तथा ४३०/२३० भोल्टको १,०९२.४९ किलोमीटर लामो लाइन तथा ४२५ थान नेपाल विद्युत प्राधिकरणका वितरण ट्रान्सफर्म हरूबाट विभिन्न स्थानमा लाइन सप्लाई भएको छ।

विद्युत चुहावट नियन्त्रणका गतिविधि हरूलाई तिब्रता दिई साथै प्राविधिक चुहावटमा समेत कमी ल्याई यस वितरण केन्द्रको आर्थिक बर्ष २०७८/७९ मा १२.२२ प्रतिशत रहेको चुहावटलाई आर्थिक बर्ष २०७९/८० मा ९.४५ प्रतिशतमा न्यूनिकरण गर्न सफल रहेको छ।

आर्थिक बर्ष २०७८/७९ मा विद्युत महसुल बापत रु ७३,७२,९८,६१४.९३ (९५.६५) प्रतिशत कलेक्शन भएकोमा आर्थिक बर्ष २०७९/८० मा रू ९०,८६,४६,१३६.१३ (९७.७५) प्रतिशत रकम संकलन भएको छ। संकलन प्रतिशत बढाउन प्रचार प्रसारका काम हरूलाई तिब्रता दिनुका साथै १,२९८ ग्राहकहरुको लाइन समेत काटिएको थियो। आर्थिक बर्ष २०७९/८० मा जम्मा ४९ ग्रहकहरूबाट रू २३,८०,९९०.८१ बराबरको कालोसूचीमा रहेको रकम समेत असुलउपर भएको छ।

कृष्णनगर वितरण केन्द्रमा ४० जना स्थायी कर्मचारी, २५ जना ज्यालादारी, ७ जना गोतागन्ती मिटर रिडर, १२ जना सेवा करारका कर्मचारी तथा ९ जना सुरक्षा गार्डहरु कार्यरत रहेको यस वितरण केन्द्रमा कृष्णनगर, महाराजगंज, चन्द्रौटा बाट विद्युत महसुल संकलन गर्न काउन्टर संचालन गरिएका छन्। कृष्णनगर, महाराजगंज, चन्द्रौटा तथा घनचौरामा अवस्थित चार ओटा सब -स्टेसनहरू बाट यस वितरण केन्द्र अन्तर्गतका स्थानहरूमा लाइन सप्लाई गरिएको नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले जानकारी दिनुभयो।

नेपाल विद्युत प्राधिकरणको ३८औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले बार्षिक कार्य समिक्षा प्रस्तुत समेत गरेको छ। प्रभातफेरी कार्यक्रममा विद्युत कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाजसेवी, बुद्धिजीवी, स्थानीय, पत्रकार लगायतको सहभागितामा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer