bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जाेगवनीमा लागुआ‌ैषध काराेवार राेकिनुकाे सट्टा कारोबार मा नयाँ नयाँ अनुहार

pokhariya Holi Notice

विराटनगर, ४

नेपाल र भारतकाे सिमा क्षेत्रमा रहेकाे जाेगवनीमा लागुआ‌ैषध काराेवार राेकिनुकाे सट्टा नयाँ नयाँ अनुहार देख्न थालेका छन । गाेप्य सूचनाकाे आधारमा जोगबनी प्रहरीले टिकुलियाको इन्दिरानगर स्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई पक्राउ परेपछि साे रहस्य खुलेकाे हाे ।

साे सम्बन्धमा जाेगवनी प्रहरी चौकी इन्चार्ज भगतलाल मण्डलले मंगलबार साँझ टिकुलिया कोलोनी इन्द्रनगरमा छापा मारेर गजेन्द्र सिंहलाई टिकुलियास्थित उनको घरबाट १९८५ थान लागुऔषध सुईसहित पक्राउ गरेको थियो । छापा मार्ने कार्यमा प्रहरी चौकी प्रमुख बाहेक प्रशिक्षार्थी पुनी कुणाल श्रीवास्तव लगायत प्रहरी चौकीका अन्य प्रहरी संलग्न थिए ।

पक्राउ परेका अभियुक्तलाई न्यायिक हिरासतमा राखेर अररिया पठाइएको र लागुआ‌ैषध काराेबारमा जहिले पनि नयाँ अनुहार पक्राउ परने गरेकाे प्रहरी चौकी प्रमुखले बताए ।
सिमा क्षेत्रमा प्रहरी र एसएसबीले समय समयमा अभियान र सूचनाका आधारमा कारबाही गर्दै आएको छ । प्रहरीकाे निगरानी हुदाहुदै पनि जोगबनीमा लागुऔषध कारोबार रोकिएको छैन । हरेक दिन नयाँ नयाँ अनुहार प्रहरीको चपेटामा पर्दै आएका छन। नेपाल भारतका खुल्ला सिमानाका कारण नेपालबाट भारत तर्फ गाजा तस्करी गर्ने र भारतबाट प्रतिबन्धित लागुआ‌ैषधहरू नेपाल भित्र्याउने गिराेहहरू सक्रिय हुँदै गरेकाे देखिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer