विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

ओलीको चेतावनी- प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेज

cin bigyapan

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बागमती प्रदेश अधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गरे उम्मेदवारी नै खारेज गरिदिने चेतावनी दिएका छन् ।

Thank you for reading this post, don't forget to subscribe!

 

devatal gapa

काठमाडौंमा सोमबार सुरु एमाले बागमती प्रदेश कमिटीको अधिवेशन उद्‍घाटन समारोहमा अध्यक्ष ओलीले एकताबद्ध भएर अगाडि बढ्न निर्देशन दिएका हुन् । उनले चुनावी प्रतिस्पर्धा गर्न पाउने अधिकार भए पनि प्यानल बनाउन भने नपाइने बताए ।

 

एमाले बागमती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित २४० सदस्य निर्वाचित हुनेछ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र दुई उपमहासचिव पदाधिकारी रहनेछन् । एमालेको बागमती अधिवेशनमा १३ जिल्लाका मनोनीतबाहेक एक हजार १४२ प्रतिनिधि सहभागी छन् ।

 

यसअघि लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा पनि अध्यक्ष ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल निकटका नेता प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

baragadhi
Karaiya Mai

Comments are closed.