bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रेम जालको पासोमा सन्तान भए अनाथ, श्रीमती भयीन बेसहारा

pokhariya Holi Notice

कलैया, बारा।

प्रेम जालको पासोमा श्रीमती बेसहारा तथा सन्तान आज अनाथ हुन पुगेका छन्। अरु स्त्रीको प्रेम जालमा लागेको कारण बाराको कलैयामा गत सोमबार गोली हानी हत्या भएको घटना जिल्ला प्रहरी कार्यालय द्वारा सार्वजनिक गरिएको हो। प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरक्षिक सुरेश काफलेले पाँच अभियुक्त लाई सार्वजनिक गर्दै युवती संगको प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको जानकारी गराएका थिए

बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफ उर्फ (गुड्डु)का परिवारजनले प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गरेको आरोप लगाएका छन् । प्रहरीले हत्यामा संलग्न मध्येका पाँच जना लाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरे लगत्तै मृतक रुपेशका दुई दाजुले पत्रकारहरु संग कुरा गर्दै प्रहरीको अनुसन्धान माथि प्रश्न खडा गरेका छन्। 

पक्राउ परेकी राधा गुप्ता संग आफनो भाई रुपेशको कुनै प्रेम सम्बन्ध नरहेको परिआरजनले दाबी पनि गरेका छन्। प्रहरीले भने जस्तो रुपेशको चरित्र नभएको उनले बताए । सुबोधले भने, प्रहरीको अनुसन्धान प्रति हामी लाई चित्त नै बुझेको छैन । मेरो भाई (मृतक रुपेश) को चरित्र बारे औंला उठाउने कुनै ठाँउ नै नरहेको बताए। प्रहरीले अनुसन्धानमा झारा टार्न मृतक रुपेश र आफनो परिवारको चरित्र हत्या गरेको गुनासो गरेका छन्।  

रुपेश लाई गोली हान्ने अपराधी चार जना मध्ये अहिले सम्म एक जनालाई पनि पक्राउ गर्न नसकेको प्रहरीले आफनो कमजोरी ढाकछोप गर्ने प्रयास गरिरहेको सुबोधले बताए । बाल एकता बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक समेत रहेका सुबोधले प्रहरीले पक्राउ गरेका मध्ये दुई जना युवक निर्दोष रहेको र प्रहरीले झुठो आरोपमा फसाएको पनि बताए । 

परिवारजनले भने, मेरो स्कुलका दुई जना स्टाफ निर्दोष छन् । उनिहरु लाई यातना दिएर लिएको बयान गलत छ। हत्याको मुख्य योजनाकार भनेर प्रहरीले सार्वजनिक गरेको कलैया ६ की २२ वर्षिया राधा गुप्ता आफनो स्कुलमा ७ महिना पहिले लेखापालमा कार्यरत रहदाँ उनको गलत गतिविधी देखिए पछि स्कुल बाट निकालिदिएको परिवारजनले बताए । त्यस पछि यता रुपेश संगको उनको कुनै सम्बन्ध नै नरहेको दाबी गरे ।

पक्राउ परेका निर्दाेष आफना दुई कर्मचारी लाई रिहा नगरे र गोली हान्ने अपराधीलाई पक्राउ नगरिए आफुहरु प्रहरी विरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनीपनि उनले दिए । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सुरेश काफलेले रुपेशको हत्या राधा गुप्तासंगको प्रेम सम्बन्धका कारण भएको भन्दै हत्यामा संलग्न राधासहित पाँच जनालाई सार्वजनिक गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer