bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रहरीको संरक्षणमा सिमानाकाबाट धान तस्करी

pokhariya Holi Notice

 

पर्सा 

 

भारतको पच्मी चंपारण मैनाटार नाकासंग जोडिएको पर्साको भेडिअर्वा नाका हुँदै अवैध तरिकाले ट्याक्टरमा आयात भएको धान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक केशव सुवेदीले दिएको लाईनबाट तस्करीार्फत भारतीय ट्याक्टरमा लोड गरि भित्रिएको धान प्रहरी निरिक्षक(इन्स्पेक्टर) छवीदर लामीको नृेतृत्वको टोलीले बुधाबर नियन्त्रणमा लिएको थियो । तर सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको प्रहरीकै संरक्षणमा स्थानीयले लुटपाट गरेको पाईएको छ ।
पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने भेडिअर्वा नाकाबाट इन्स्पेक्टर सुवेदीको संरक्षणमा धान, गहुँको तस्करी भईरहेको सूचना सशस्त्र प्रहरी बल मधेश प्रदेशका डिआईजीलाई दिईएको थियो । त्यही सूचना अनुसार चार वटा ट्याक्टरमा लोड धन बुधबार बिहान भित्रिने सूचना अनुसार सशस्त्रका डिआईजीले सशस्त्र प्रहरी बल भिस्वाका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षक(इन्स्पेक्टर) छविदर लामीको नेतृत्वमा टोली खटाएर भण्डै ५ लाख मूल्य बराबरको धान नियन्त्रणमा लिन सफल भयो । तर चार वटा ट्याक्टरमा लोड रहेको धान मध्ये एउटा ट्याक्टरमा लोड धान मात्र प्रहरीले नियन्त्रणमा लिन सफल भयो । बाँकीको तीन वटा ट्याक्टर तस्करहरुले भेडिअर्वा नाकाका इन्चार्ज सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव सुवेदीको सहयोगमा गाउँ मै लुकाउन सफल भए ।
तस्करी भई भित्रिएको धानसहितको चार वटा ट्याक्टर मध्ये सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको एउटा धानसहितको ट्याक्टर भेडिअर्वा गाउँमै राखिएको थियो । त्यस पछि त्यहाँ आजै(बुधबार) बिहान सशस्त्र प्रहरी बल सवैठवाका डिएसपी पुगेका पुगे ।
इन्स्पेक्टर सुवेदीको क्षेत्र अधिकार भएको सीमानाकाबाट भित्रिएको उक्त ट्याक्टर डिआईजीको निर्देशनमा भिस्वा बन्जारी सीमानाकाका क्षेत्र भएका इन्स्पेक्टर लामीको नेतृत्वको टोलीले बरामद गरेपछि इन्स्पेक्टर सुवेदीले मिलेमतोमा तस्करी गराएको स्वत पुष्टि हुने देखिएपछि त्यहाँ पुगेका डिएसपी लाल सिंह तस्करीमा मुचिएका इन्स्पेक्टर बचाउका लागि स्थानीय तथा महिलाको सहयोगमा उक्त धान लुटपात गराएको स्रोतको दाबी छ । जुन धान त्यहाँका स्थानीय तथा महिलाहरुले सशस्त्र प्रहरीकै आखाँ अगाडी लुटेको भिडियो समेत सार्वजनिक भएको देखिन्छ ।
स्थानीयका अनुसार पछिल्लो समयदेखी छिपहरमाई गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष महिन्द्र साह कलवारले भेडिअर्वा लगायत विभिन्न नाकाहरुबाट भारतबाट धान, गहँुको तस्करी गर्दै आएका छन् । वडाअध्यक्ष साहको आफ्नै वडामा पर्ने टिहुकी नाकाबाट समेत गत असोज २७ गते शनिबारका दिन भारतबाट तस्करीको माध्यमबाट दुई ट्याक्टर गेहुँ आयात भएको थियो ।
इन्स्पेक्टर केशव सुवेदीले भारतबाट हुने गहुँ तस्करी बापत प्रति ट्याक्टर ४ हजार लिई भेडिअर्वा लगायतका नाकाबाट दिनहुँ ५÷६ ट्याक्टर धान, गहुँ तस्करी गराउँदै आएका छन् ।
तस्करीको भण्डाफोर भएपछि सशस्त्र प्रहरी बल पर्साका एसपी, डिएसपी लगायतकाले अनुसन्धानलाई फितलो पार्दै इन्स्पेक्टर सुवेदीको बचाउमा लागेको स्रोतको दाबी छ । तस्करी मुचिएका इन्स्पेक्टर सुवेदी माथि कतिको कानुन लाग्छ ? त्यो जनचासोको विषय बनेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer