bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सूर्य उदय पछि दिइएको अर्घय बाट छठ ब्रत सम्म्पन भएको छ

बिकाश कुमार पाण्डेय l l रौतहट

pokhariya Holi Notice

चार  दिन बाट बसेको छठ पर्व आज सूर्य उदय पछि दिइएको अर्घय बाट छठ ब्रत सम्म्पन भएको छ । तराई  सहीत देशका बिभिन्न स्थानमा मनाइने छठ पर्व श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ विधिवत रुपमा  सम्पन्न भएको हो । चार दिनसम्म अत्यन्त नियम,निष्ठापूर्वक मनाइने छठपर्वको हिजोमा  साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो । पारिवारिक तथा सन्ततिको उनन्ती,प्रगति, सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न इक्छा र आकांछा  पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्व मनाइन्छ । छठ पर्वका अवसरमा ब्रतालुहरु  पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनहरु  एकत्रीत भएर बिभिन्न मंगलचार गर्दै पूजाआजा गर्छन । छठपर्वको पहिलो दिन  ब्रतालुहरुले नुहाएर अरबा अरबाईनको भोजन गर्नु  र  दोस्रो दिन साँझमा गुड़ , दूध,सक्खर,चावल, बिभिन्न सामग्री मिसाएर बनाइएको खीर प्रसादको रुपमा साथै बिभिन्न ऋतू अनुसारको फलफूल चढाउँदै  ग्रहण गरेका थिए । तेस्रो दिन हिजोअस्ताउँदो सूर्यलाई पूजा समाग्रीसहित अर्घ्य दिएका थिए ।चौथो दिन आज उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन भएको हो । अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिनलाई पारन भनिन्छ । यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार,अदुवा एवं विविध प्रकारका  मिठाई तथा ऋतुअनुसारको फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ्यमा  दिइएका छठ पूजाको सामग्री प्रसादको रुपमा ग्रहण गर्नुको साथै वितरण गर्ने प्रचलन रहेको छ । पारिवारिक अनवन, परिवारिक  कलह हटाउनु , सन्ततिलाई उनन्ती,प्रगति, सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न इक्छा र आकांछा ,सत्य अहिंसाप्रति रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राखन  अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । पहिला यस ब्रतलाई मिथिलाञ्चलसहित तराई मधेशको  बासिन्दाले मात्र मनाउने गर्थे तर अहिले  देशमा छठ पर्व सर्बब्यापी रुपमा  मनाउन थालेका हुन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer