bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मधेश प्रदेशमा शिक्षा सुधार सहित जनतामा पहुच पुर्याउन २०९ संस्था कार्य गर्दै

pokhariya Holi Notice

कलैया, बारा।

बाराको कलैयामा समावेशी शिक्षामा प्राप्त सिकाई अनुभवको आदान प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा काठमाडौ विश्व विद्यालयका प्रोफेसर रेवत कुमार ढकाल सन २०१९ मा अनुसन्धान गरेकोमा शिक्षा सुधार गर्न मधेश प्रदेशमा दुई सय ९ वटा संस्था कार्य गरिरहेको बारे सहजिकरण सहजीकरण गर्दै बताएका थिए । बारामा १० , पर्सामा ९ , रौतहटमा २१ र सर्लाहीमा १३ वटा संघसंस्था शिक्षा क्षेत्रमा संचेतना सुधारको कार्यगरिरहेको प्रोफेसर ढकालले जनकारी गराएका थिए ।

नेपालमा करिब ६० हजार गैर संघ संस्था भए तापनि केहि संस्थाहरु शिक्षा तर्फ कार्य गरिएको ढकालले बताए । शिक्षा जनताको जन्मसिद्ध अधिकार रहे तापनि पालिका, संघ सरकार, प्रदेश सरकारहरुले कार्य विधि नबनाएकोले शिक्षामा सुधार नहुन सकेको प्राध्यापक ढकालले बताए । केहि पालिका कार्य विधि बनाए तापनि कार्यनयन नभएकोले शिक्षामा अगाडि नबढ्न सकेको ढकालले बताए । शिक्षाका लागि राष्ट्रिय अभियनका सचिव तेजराज अस्थी विद्यालय शिक्षा सम्बन्धि कानुनन संशोधन र विकास गर्न बनेका विधेयक २०८० को विषयमा जनकारी गराएका थिए । सरोकारवाला संसद नेता संग छलफल गरि संशोधन गर्न संस्थाको तर्फ बाट वकालत गरेको जनकारी गराएका थिए । शिक्षाका लागि राष्ट्रिय अभियानको सहकार्यमा चार सय ७२ वटा संघसंस्था गरि करिब ३२ वटा जिल्लामा कार्यगरिरहेको अस्थी बताएका थिए । नेपालमा शिक्षा कानुन ५२ वर्ष पछि संशोधन हुनलागेको र त्यसको विशेष छलफल गरि संशोधन गर्न प्रयास भैइरहेको अस्थीले बताए ।

कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रहलाद वर्णवालले स्थानिय सरकार कर्मचारीहरु लाई दवावमा कार्य गर्न लागाएको आरोप लगाएका थिए। कर्मचारीले जनप्रतिनिधिहरुको जालझेल बाट आतिएर कार्य गर्न त्रुटि हुने गरेको बताए। स्थानिय सरकारमा रहेका जनप्रतिनिधिहरु समाजमा नै बस्ने तर कर्मचारी जहाँ भए पनि काम कसको बिगृने भन्ने बारेमा वर्णवालले बताए।
कलैया उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारीले एनजीओ बाट जुनजुन विद्यालयमा शिक्षा गतिविधि सुधार गर्ने कार्य राम्रो भएको बताए। कलैया उपमहानगरपालिकामा सामुदायीक विद्यालय ७१ वटा रहेकोमा ७ वटा धार्मिक विद्यालय तीन वटा प्राविधिक एउटा नमुना विद्यालय रहेको जनकारी गराएका थिए। जन जागरण युवा क्लव बाट भिअसो एक्टीभ नेपालको ठूल दिदीहरुको सहकार्य गरिएको ठाउँमा सुधार भएको अधिकारीले बताए।

नेपाल भरिमा करिब ६० हाजार संघसंस्था कार्य गरि रहदा पनि शिक्षाको स्तर दिन दिनै खस्किदै गएको बारे कसैको ध्यानाकर्षण हुन नसकेको देखिएको सबै सहभागीहरुले आत्मसात गरेका थिए। एकजना पत्रकार अनिल वर्मा नाम गरेको शभागीले कार्यक्रमका प्रमुख अतिथी लाई उदाहरण दिदै तपाई लाई तिमी भन्दा कस्तो लाग्छ भन्दै शिक्षाका बेतिथी बारे प्रष्ट पारेका थिए। हाम्रो नेपालको शिक्षा पद्धतिमा दुइटा आमूल परिवर्तन भएको अर्थात संघीय लोकतान्त्रिक गणतन्त्र आएको करिब सात वर्ष हुन लागेको र त्यसमा कक्षा अपग्रेड र पाठ्यक्रम परिवर्तन जसमा नैतिक शिक्षा हटाएको कारण नैतिकता नै समाप्त भए पछि कसैले आफू भन्दा ठुलो लाई तिमी भन्दा पक्कै नराम्रो लाग्छ र त्यो ठाउँमा द्वन्दको सम्भावना हुन्छ, जबकी नेपाल भरी कै यो समस्या हुने भएको छ। संघीयता लागू हुने बेला जुन विद्यार्थी पाँच कक्षामा हुदा आज त्यो कक्षा १२ मा पुगेको अवस्था छ। अब त्यो विद्यार्थीले नैतिकता भनेको के हो भन्ने बारेमा केही थाहा नै भएको खण्डमा हाम्रो समाजमा कस्तो शिक्षा दिन लागेको सरकारले भन्ने बारेमा सबै सहभागी छक्क परेका थिए।

शिक्षाका लागि राष्ट्रिय अभियान संस्थाको आयोजना र जन जागरण युवा क्लव, प्रेरणा नेपाल, भिएसओको सहकार्यमा भएको कार्यक्रममा संघसंस्थाका प्रतिनिधि, स्कुलका विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्य सहितको सहभागिता रहेको थियो । करणराज पैलेस होटलमा गरिएको कार्यक्रममा जन जागरण युवा क्लवका लजेस्टीक डकुमेन्ट्री अफिसर नरेश साह, एक्टीभ परियोजना कार्यक्रम संयोजक निशा पन्त, शिक्षाका लागि राष्ट्रिय अभियान परियोजनाका कार्यक्रम संयोजक रोजिना श्रेष्ठ, राष्ट्रिय स्वमसेवक आयुष क्षेत्री लगायतको सहभागिता रहेको थियोे।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer