bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

राष्ट्रिय सभा सदस्यको उम्मेदवार र केन्द्रीय समितिको एजेन्डा तय गर्न जसपाको कार्यकारिणी बैठक बस्दै

pokhariya Holi Notice

काठमाडौं।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकािरणी समितिको बैठक केहीबेरमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा साढे बाह्र बजेतिर सुरु हुने कार्यकारिणीको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्ने बताइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि जसपा नेपालको तर्फबाट उम्मेदबार चयन गर्नुका साथै आजको कार्यकारिणी बैठकले यही पुस मसान्तमा आह्वान गरिएको केन्द्रीय समिति र राजनीतिक समिति बैठकको एजेन्डा तय गर्नेछ ।

यही पुस २५ गतेदेखि काठमाडौंमा जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरिएको छ । सोही बैठकलाई निरन्तरता दिँदै पुस २६ र २७ गतेलाई केन्द्रीय समिति सदस्यहरुको बैठक बस्नेछ । पार्टीले सञ्चालन गरेको संगठन बिस्तार एवं सुद्दढीकरण अभियानको प्रभावकारिता बारे बैठकमा छलफल हुनेछ । यसअघिको कार्यकारिणी बैठकले संगठन बिस्तार एवं सुद्दढीकरण अभियानको अवधि बढाएर पुस मसान्तसम्मलाई तोकेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer