Ultimate magazine theme for WordPress.
देवताल छठ ०२२

मेयरहरु एकलौटी शासन गरेमा हामी दुर्गा र कालीको रुप धारण गर्ने : ठाकुर

अब उपमेयरहरु चुप न बस्ने संयोजक ठाकुर

प्रशौनी छठ ०२२
0 1,655
cin bigyapan
फेटा छठ ०२२

अमित ठाकुर, रौतहट ।।  रौतहट जिल्लाका अधिकांश नगर उप प्रमुखहरु पिडै पीडा भोगि रहेका छन्। रौतहट जिल्लाका कति पय मेयरहरु आफै एकलौटी शासन चलाई उपमेयरहरुलाई हेप्ने काम मात्र गरि रहेका उपमेयर क्लबका संयोजक तथा गौर नगरपालिकाका उपमेयर किरण ठाकुरले जनाएकी छिन् । दुई आर्थिक बर्षमा रौतहटका प्राय मेयरहरु नगरपालिकाका कुनै कामबारे जानकारी नगराई मेयरहरु अाफ्नै मनोमानी ढंगले गरि रहेको १८ स्थानीय तहका उपमेयर मध्ये १२ स्थानीय तहका उपमेयरहरु आरोप लगाएकी छिन्।

पचरौता छठ ०२२

केही दिन पहिला यमुना माई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले उपाध्यक्ष गिता देवी साहको बिना अनुगमन र एउटा पेपरमा हस्ताक्षर गर्न भन्दा उपाध्यक्ष साहले गर्न नमान्दा अध्यक्ष मुखियाले उपाध्यक्ष साहलाई भाग भाग यहाँबाट एक झापड हान्छु अनि थाहा हुन्छ भन्दै अभद्र ब्यवहार गरेको थियो। सो गाउँपालिकामा धेरै जसो कार्यमा आफुलाई जानकारी नै नगराई एकलौटी निर्णय गर्ने गरेको उपाध्यक्ष साहले आरोप लगाएकी छिन्।

त्यसतै राजदेवी नगरपालिकामा पनि मेयर धिरेन्द्र सिंहले एकलौटी शासन गरिरहेको र घरबसी बसी बैठकको मैनेट त्यार गरेको र आफुलाई जानकारी नै नगराएको उपमेयर सिंहले आरोप लगाएकि छिन । जिल्लामै दुई नगरपालिकामा रहेको बारुण यन्त्र राजदेवी नगरपालिकाका मेयर सिंहले बारुण यन्त्र नखरिद गरि ठेक्कामा चलाउन स्वरुप ४ वडा टिपर किनेका छन् भने चैत्र १० गते देखि अहिले सम्म चलिरहेका एस्काभेटर, डोजर, रोलर सहितका सवारी साधनका भाडा अहिले सम्म १ लाखको हाराहारीमा जम्मा भएको छ ।

cin bigyapan

तर अहिले सम्म १ दिन पनि सो सवारीसाधन नरुकेको दिनभरी गुडिनै रहेका छन। अाश्रे निर्माण सेवाको ठेक्कामा चलेका सवारीसाधन रेकर्ड नै नरहेको उपमेयरले जनाएकी छिन। आक्रोशित उपमेयरले भने जम्मा २४ घण्टाका लागि मेयरहरुले उपमेयरको पद लिदा कस्तो हालत हुने उपमेयरहरुले मेयरहरु संग मांग गरेकी छिन्। त्यस्तै कटहरीया नगरपालिकामा उपमेयर नुजरा खातुनले भने मलाई जानकारी नै नगराई मेयर सियाराम कुशवाहाले बहुमत बाट नगरसभा गरेको थियो। भोलि पल्ट समाचार हेर्दा सोको बिरुद्ध अहिले सम्म मुद्दा लडिरहेका छौं। रौतहटका अधिकांश मेयरहरुले भन्छन् मेयरले भनेको कुरा मान्नुपर्छ हामी जन्ताबाट चुनिएर अाएका छौं तपाईंहरुलाई बजेट कि चाहियो ? यस्तो उपमेयरहरु अारोप लगाएकी छिन्।

मेयर जस्तै हामीहरु पनि जन्ताबाट चुनिएर आएका छौं हामी संग पनि जन्ताको त्यतिकै अधिकार छन् जति अधिकार मेयरहरु संग छन्। बारमबार मेयरहरु अाफु मनखुसी अाफ्नो ब्यक्तिलाई बजेट उपमेयरहरुलाई बेईजती गर्ने,एकलौटी शासन गर्ने उपमेयरलाई बिना जानकारी नगरसभा गर्ने कतिको हदसम्म हामीहरु सहने अब मेयरहरु एकलौटी शासन गरेमा हामी दुर्गा र कालीको रुप धारण गर्ने जनाएकी छिन्।

बैठकमा गौर नगरपालिकाका उपमेयर किरण ठाकुर,यमुनामाई गाउँपालिकाका उपाध्यक्ष गिता देवी साह, गरुडा नगरपालिकाका उपमेयर रंगिला देवी जयसवाल,दुर्गा भगवती गाउँपालिकाका उपाध्यक्ष मञ्जु देवी झा,फतुवा बिजयपुर नगरपालिकाका उपमेयर कान्ति देवी साह,गढीमाई नगरपालिकाका उपमेयर बिणा जयसवाल, माधवनारायण नगरपालिकाका उपमेयर सिमल साह, कटहरी नगरपालिकाका उपमेयर नुजरा खातुन लगाएतका उपमेयहरु मेयरहरुले गरिरहेका दुर्ववहार, गाली बईजती, एकलौटी शासनको बिरुद्ध हामी उपमेयहरु एक भई अब चुप लागेर नबस्ने अा-अाफ्नो प्रतिद्धता दिएकी छिन्।

cin bigyapan
सिम्रौनगढ़ छठ ०२२
कलैया छठ ०२२
Created with Visual Composer