bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

अलौ नाका तस्करहरुको कब्जामा, स्थानीय प्रहरी रकममा लिप्त

pokhariya Holi Notice

वीरगंज – सीमा सुरक्षा लगायत राजस्व संकलनको प्रमुख दायीत्व निर्वाह गर्दै आएका सशस्त्र प्रहरी बलका केहि कर्मचारीहरु आफ्नै संगठनको नीति निर्देशन विपरीत गई, सीमा नाकालाई कमाई खाने थल्लोको रुपमा प्रयोग गर्न थालेका छन । सशस्त्र प्रहरी बल नेपाल संगठनको नीति निर्देशनलाई लत्याउदै पर्सा जिल्लाको अलौ नाकामा खटिने सशस्त्र प्रहरीहरु सीमा नाकालाई कमाई खाने थल्लोको रुपमा प्रयोग गर्न थालेका हुन ।

बोर्डर आउट पोष्ट अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप थापाकै निर्देशनमा सीमा नाकामा खटिने सशस्त्र प्रहरीका कर्मचारीहरु कमाई धन्दाको रुपमा प्रयोग गर्न थालेका छन । सशस्त्र प्रहरी नायब उपरीक्षक थापा आर्थिक प्रलोभनमा पर्नसाथ अलौ नाका हुदै दुई दर्जन भन्दा बढी तस्करहरु सल्बलाएको स्थानीयहरु नै बताउछन । ठुला वडा तस्कर समुहहरुले मासिक ३० हजारदेखी २ लाखसम्म नजराना बुझाए पश्चात तस्करीको लाइन दिइएको बताइन्छ ।

अलौ नाकाबाट काजु र कपडाको कुख्यात तस्कर अनिल, कवाडको काम गर्ने जयप्रकाश र जलालुदिन, हार्डवेयरको काम गर्नेहरुमा सुरेश भगत माली, मदन महतो नुनिया र नगिना महतो नुनिया रहेका छन भने किराना समान तस्करी गर्नेहरुमा ओमप्रकाश, बैजु, प्रदिप, अशोक,अनुरुध, हरिसंकर कलवार, मुकेश कलवार, लंग्टु र मोतिलाल रहेका छन । त्यसैगरी भारतबाट अवैध तरिकाले माछा नेपाल भित्रयाउनको लागि राहुल साह तुरहा, रामबाबु पटेल र श्यामबाबु पटेलले काम गर्दै आएका छन । त्यति मात्र नभई भारतबाट नेपाल चामल भित्रयाउनको लागि खोवाडी महतो नुनिया र राजकिसोर उपाध्याय भनिने तस्कर समुहहरुले आफ्नो अवैध धन्दा जारी राखेको बुझिन्छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारीहरुले आ—आफ्नो भागबन्डा लिई सके पश्चात मात्र तस्करी धन्दा मौलाउदै गएको स्थानीयहरुले गुनासो गरेका छन । स्थानीयहरुले जनाए अनुसार प्रहरीले चाहे अलौ नाकाबाट एउटा चप्पल तस्करी भएर नेपाल भित्रिन नसक्ने अवस्थामा प्रत्येक दिन करोडौ बराबरको मालसमान अवैध तरिकाले नेपाल भित्रिने गरेको बताए । अलौ नाकाबाट नेपाल भित्रिएको मालसमान खुल्याम तरिकाले गोदाममा पुग्ने र गोदामबाट कागजी प्रकृया पुरा गरी नेपालको बिभिन्न ठाउहरुमा सहजै पुग्ने गरेको स्थानीयहरुले बताए ।

नेपाली जनताको आशा र विश्वासको रुपमा रहेको सशस्त्र प्रहरीको उक्त रवैया देखेर सशस्त्र प्रहरी प्रतिको विश्वास गुम्दै गएको अर्का स्थानीयले बताए । उनका अनुसार अलौ नाकाबाट रातिको समयमा पनि तस्करहरुको लस्करै लाग्न थालेपछि रातभरी सुत्नै नसकेको बताए । उनका अनुसार पटक पटक सशस्त्र प्रहरीको माथिल्लो निकायलाई तस्करी बारे खबर गरेका छौ, तर बेवास्ता नै गरिएको बताए । तस्करी भइरहेको समयमा सशस्त्र प्रहरीको एसपी लगायत डिआईजीलाई समेत खबर गरेतापनि मौन धारण गर्नुले सांगठनीक तस्करीको लाइन खोलिएको हुन सक्ने, उनले बताए ।

अलौ नाकाबाट भित्रिएको चामल प्रति दिन नया प्याकिङमा नेपालको बिभिन्न ठाउहरुमा पुग्ने गरेको छ । भारतबाट नेपाल भित्रिएको भारतीय चामल, नेपाली चामलमै परिणत हुने गरेको समेत रहस्य उजागर भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मासिक रुपमै नजराना बुझे पश्चात प्रति दिन ३ देखि ४ वटा ट्रकमा लोड हुने भारतीय चामल नेपाल भित्रिने गरेको हो । चामलको कुख्यात तस्कर खोेवाडी महतो नुनिया, छोटेलाल कानु र राजकिसोर उपाध्यायको नामले करिब ५० वटा भन्दा बढी साइकल, मोटरसाइकलमा चामल लोड गरी नेपाल भित्रयाउने गरिएको छ । भारतीय चामललाई नेपाली ब्रान्ड बनाई मुलुकको बजारहरुमा बिक्रि वितरण हुने गरेको तस्कर श्रोत नै बताउछन ।
यता सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालले अलौ नाका मात्र नभई मुलुकको कुनैपनि नाकाबाट तस्करी धन्दाको बिषयमा स—प्रमाण पेश गरे, बिओपी कमाण्डरलाई मात्र नभई सशस्त्र प्रहरीका जिल्ला कमाण्डरलाई समेत कारवाही गर्ने बताएका छन । उहाले आफ्नो कार्यकालमा सशस्त्र प्रहरीको कुनै कर्मचारी तस्करी संग साटघाट गरेको फेला परे निलम्बीत मात्र नगरी खारेजीसम्मको कारवाहीबाट पछाडी नहट्ने बताएका छन । सभार जन गुनासो डेली

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer