bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सडक सुरक्षा र सवारी दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारीःबारा टाफ्रिक प्रहरी प्रमुख महतो

सडक सुरक्षा र सवारी दुर्घटना न्यूनिकरण गर्नु ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारीःबारा टाफ्रिक प्रहरी प्रमुख महतो

pokhariya Holi Notice


सिरहा । सडक सुरक्षासँगै ट्राफिक व्यवस्थ्यापन र सवारी दुर्घटना न्यनूनिकरण गर्नु ट्राफिक प्रहरीको प्रमुखको जिम्मेवारी हुन्छ । बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको अत्याधिक चापलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीलाई चुनौतीको विषय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले बिभिन्न ग्रामिण क्षेत्रमा आवतजावत गर्ने देखि अरु जिल्लाका लागि बाहिरीने र अरु जिल्लाबाट भित्रिएका सवारीहरुको अवस्थाको जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक महतोले जानकारी दिनुभयो ।

जाडोको बेला लाग्ने कुहिरो हुस्सु र रातिको समयमा ट्याक्टर र अटो रिक्सामा पछाडिको ब्याक लाईट नहँुदा सडक दुर्घटना हुन सक्ने सम्भावना प्रवल हुने भएकाले कुरालाई मध्यनजर गर्दै टाँढैबाट टल्किने स्टिकर टाँस्ने अभियान नै शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले बताए । उहाँले भन्नुभयो ‘स्टीकर राति र हुस्सुको बेला टाँढैबाट हेराउँछ । जसले सडक दुर्घटना हुनबाट जोगाउँछ । यसै उद्देश्येल स्टिकर टाँस्ने अभियान राजमार्ग सहित शुरु गरेका छन । यस्तै मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, दुईजना भन्दा बढी सबार भई यात्रा गर्ने प्रबृति बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने उनले दाबी गरे । अहिले बिभिन्न स्थानहरुमा दिउँसो तथा रातीको समयमा चेक प्वाईन्ट खडा गरी सवारी साधन चेकजाँचमा कडाई गरिएकोले दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रामकुमार महतोले बताए । बढदो सवारी दुर्घटना न्युनिकरणका लागि चालक तथा सहचालकहरुलाई भेला गरी सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना फैलाउने काम भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक महतोले बताए ।

आफूले निवार्ह गरिरहनु भएको जिम्मेवारीको बारेमा बताइदिनुहोस् न ?
ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारी भनेकै सडकमा सवारी साधनको सही व्यवस्थापन गर्नु र सवारी दुर्घटना हुन नदिनु हो । यसका साथै सडकमा कुनै पनि किसिमको बाधा–अवरोध नहोस् भन्ने पनि हो तर सडकमा यात्रा गर्दा कुनै पनि किसिमले सर्वसाधारणले दुःख झेलिरहेका छन् । बढ्दो सवारी चापलाई नियन्त्रण गर्न ट्राफिक व्यवस्थापनमा धेरै कार्यहरु गर्न बाँकी रहेको छ । यससँग आबद्ध सम्बन्धित सरोकारवाला निकाय र पक्षहरूसँग सहकार्य भईरहेको र छिट्टै योजनाबद्ध कार्यक्रमले निरन्तरता अवश्य पाउने छ ।

जिल्लामा नयाँ के गर्ने योजना बनाउनुभएको छ ?
ट्राफिक प्रहरीले गर्ने कार्य भनेको सबैतिर एकै प्रकृतिको हुन्छ । सडकमा सवारीको चाप धेरै हुन्छ । त्यसको व्यवस्थापनमै ट्राफिक प्रहरी केन्द्रित भइरहेको हुन्छ । जिल्लाको सवारी चापको अवस्था अनुसार जनशक्ति कमी र उपकरणको प्रयाप्तता नभएको यथार्थ हो । जसको बावजुत पनि हामीले सम्बन्धित निकायसँग समन्वय गरेर सीसीटीभी,राडार गन,ट्राफिक लाइट,प्रयोगलाई प्राथमिकतामा राखेका छौं । सम्बन्धित निकायसँगको छलफल र सहकार्य पछि हामीले यसलाई व्यापक प्रयोगमा ल्याउने तयारी गरेका छौँ ।

सवारी दुर्घटनाको अर्को मुख्य कारण मादक पदार्थ सेवन गरी सवारी चलाउनु र अत्याधिक गतिमा सवारी चलाउने उपर यस प्रकारका उपकरणको प्रयोग गर्दा नियन्त्रण भई दुर्घटना न्यूनीकरण हुने र चालकमा सजकता हुने अपेक्षा गरिएको छ । त्यसै गरी स्थानिय स्तरमा सर्वसाधरणलाई ायअगक गरी ट्राफिक नियम पालना सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै लगिएको र यसलाई बृहत बनाउदै लैजाने योजना पनि बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक महतोले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer