bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

विकृति तथा विसंगतिलाई विस्तारै निर्मुल पार्न अग्रसर रहेकोे : केन्द्रिय अध्यक्ष रिमाल

pokhariya Holi Notice

सिमरा, बारा।

नेपाल पशुपन्छी औषधि व्यवसायी संघ नारावणी शाखाको १३ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन आज माघ १३ गते शनिवार सिमरा स्थित एक होटेलमा गरिएको हो। श्याम किशोर कुशिवाहाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष रितेश रिमालको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष सुनासुवेदी वडाल, औषधि व्यवस्था विभागका सुन्दर बज्राचार्य, पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख हरेराम यादव, भेट्नरी अस्पताल बीरगंजका राजकुमार साह, राष्ट्रिय पंछी अनुसंधान केन्द्र कार्यक्रम परवानीपुर बाराका अजित झा लगायतका विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा शुभकामना तथा मन्तव्य राख्ने क्रममा रामाकान्त चौधरीले सम्पूर्ण व्यवसायीहरू लाई ओरिएन्टेसन तथा तालीमको नितान्त आवश्यक रहेको जोडदिएका थिए। साथै लाइसेन्स लिनका लागि परिक्षा नलिनुपर्ने जोडदिएका थिए। साथै नविकरण गर्ने प्रक्रियामा पनि सहुलियत हुनुपर्ने कुराको धारणा राखेका थिए। त्यस्तै रोसनकुमार साहले पनि आफ्नो धारणा राख्दै कृषक बाचे मात्र हामी बाच्छौ भनी सबैले कृषक लाई बचाउन आग्रह गरेका थिए। केन्द्रिय सचिव केशव शर्मा मरासिनीले पनि चौधरीको कुरामा समर्थन गर्दै संस्थामाथी आशा राखेका थिए। त्यस्तै केन्द्रिय उपाध्यक्षले पनि शुभकामना दिदै केन्द्रिय अध्यक्षले नै सबै कुरा राख्नु हुनेछ भनी आफ्नो मन्तव्य टुङ्याएका थिइन्।

केन्द्रिय अध्यक्ष रिमालले आफ्नो शुभकामना तथा मन्तव्य राख्दै शर्मा तथा अन्य वक्ताहरुको मांग तथा जिज्ञासा्हरु लाई पूरा गर्दै भने हामी सबै प्रकारका सेवाहरु बारे दृढता पुर्वक लागेर अगाडि बढीरहेको र प्रदेश अध्यक्षले बढी भन्द बढी भुमिका निर्वाह गर्नु पर्ने हो, हामी सबै सघाएर एक अर्का संग हातेमालो गर्दै जाने छौ तर यसमा सबै सदस्यहरु लाई बेलाबखत सघाउन लाई आग्रह गरेका थिए। तालिम ओरिएन्टेसन एवं सबै सेवाहरु बारे हामी सुक्ष्म तरिकाले सबै निकाय तथा सरोकारवालाहरु संग समन्वय गरि यस व्यवसाय भित्र रहेका विकृति तथा विसंगतिलाई पनि विस्तारै निर्मुल पार्न अग्रसर रहेकोे रिमालले बताएका थिए।

कार्यक्रममा पशुपंछीका चिकित्सक, औषधि व्यवसायी, तथा संबंधित निकायका सबै पदाधिकारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन नेपाल पशिपन्छी औषधि व्यवसायी संघ नारायणी शाखाका सह-सचिव मुनिलाल पंडितले गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer