विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

अपहरण भएको व्यपारीको स्थिती सार्वजनिक गर्न माग गर्दै सडक अबरुद्ध

0 1,845

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

बिकास पाण्डे, रौतहट ।। रौतहटको कटहरीया नगरपालिकाका अपहरण भएको व्यापारीको स्थिती सार्वजनिक गर्न माग गर्दै कटहरीयाका व्यपारीहरु, सर्वसधारण तथा राजनैतिक कर्मीहरुले गौर–चन्द्रपुर सडकखण्ड लाइ सवा दुई खण्टा अबरुद्ध गरेका छन् । कटहरीया बजारमा आई एम ई संचालन गर्दै आएका एक जना व्यपारी चार दिन देखि वेप्ता भएको छ । वडा नम्बर ५ का ३६ बर्षिय श्रीभगवान प्रसाद साह बैशाख १७ गते बेलुकी देखि बेपत्ता भएको पिडितका परिवार जनाले बताएको छ । गरुडाका व्यपारी भोजेन्द्र चौधरीको छोरा राम कुमार चौधरी संगै पैसाको कारोवार गर्दै आएको र पैसा लिन चौधरीको पसलमा आएको दिन देखि नै बेपत्ता भएको पिडितका परिवारले जनाएको छ ।

देवताल psa

पिडितका एक नातेदार मनोहर साहको अनुसार, चौधरीसित हिसाब किताब गर्न गएको दिन देखि नै बेपत्ता भएका साहकोे अपहरण भएको दाबी गरिएको छ । साहले चौधरीको पसला मोटरसाइकल सहित मोबाईल, बिलबुक, नागरिकता, सेन्चुरी बैंकको रकम ट्रान्सफर गर्ने बीएलबी मेसिन छाडेका छन् । चौधरीको गरुडा बजारमा पेप्सी कम्पनीको डिलर रहेको छ । डिलर संचालक चौधरीको छोरा राम कुमार चौधरीलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । साहको अपहरण भएको भन्दै पिडित परिवार र कटहरीयाका स्थानीय व्यपारीले गरुडा नगरपालिका वडा नम्बर ५ मा रहेको चान्द्रपुर गौर सडक खण्डको झाझपुलमा दिउसो १२ बजे सडक अबरुद्ध गरेको थियो ।

रौतहट जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र बहादुर खत्रीले पिडित परिवारको आफ्न्त, समाजसेवी तथा राजनैतिक कर्मी मध्ये मध्यस्ता गर्ने व्यक्तिहरु लाई ईलाका प्रहरी कार्यालयमा बोलाई छालफल गरी दुई तिन दिन भित्र घटनाकोे अनुसन्धान गरी सत्य तथ्य बिवरण सार्वजनिक गर्नुको साथै केन्द्र बाट आउने सि बि आई मार्फत घटनाको बिस्तृत गतिविधि अनुसन्धान गराउने प्रतिबध्ता पश्चता अबरुद्ध सडक खण्ड दिउँसो २ बजेर १५ मिनेटमा खुलाइएको थियो ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.