bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सबैथोक गुमाएका बेसहारा प्रियंका–मनिषालाई , बाबुको हत्यापछि आमाले जङ्गलमा छाडेपछी।

pokhariya Holi Notice

शैलेश गुप्ता ११ फाल्गुन बीरगंज

 

पर्सा

को धोबिनी गाउँपालिका -४ की ८५ वर्षीया देवन्दी देवीको निधन भयो । बयोवृद्ध उनको कालगतिको मृत्युपछि गाउँलेहरूले सोही दिन साँझ सिक्टा नदीको छठिया घाटमा शव लिएर पुगे ।

तर, अन्तिम संस्कार गर्ने परिवारका सदस्य कोही भएनन् । गाउँकै कसैले मृतककी छोरीकी जेठी छोरी अर्थात नातिनी प्रियङ्कालाई दागबत्ती दिन लगाउने प्रस्ताव गरे । 

घरमा पुगेर १० वर्षीया प्रियङ्कालाई घाटमा ल्याइयो । छिमेकी र आफन्तहरूकै सल्लाहमा नातिनीले हजुरआमालाई अन्तिम दागबत्ती दिइन । १० वर्षको कलिलो उमेरमा छठिया घाटको चिसो सिरेटोमा हजुरआमाको देहलिला समाप्त हुँदै गर्दा प्रियङ्का चिच्याउँदै रोइरहेकी थिइन । भनिरहेकी थिइन ‘मेरो सबैथोक सक्कियो ।’

बाबुको हत्या, आमाले जङ्गलमा छोडिन 

धोबिनी गाउँपालिका वडा नम्बर ४ लङ्गडीका दशई ठाकुर हजाम र देवन्ती देवीको दुई छोरी थिए । छोरीहरू जेठी सुष्मा देवी र कान्छी रमिता देवी । जेठीको भारत विहारको टेढाकटिमा विनोद ठाकुरसँग विवाह भयो भने कान्छी छोरी रमिताको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीका रामबचन ठाकुरसँग बिहे भएको थियो ।

रामबचन ठाकुर र रमिता देवीको कोखबाट दुई वटा छोरीहरू जन्मिए । प्रियङ्का र मनिषा । अहिले प्रियङ्काको उमेर १० वर्षको भयो भने मनिषा ७ वर्षकी मात्रै छिन् ।

वैदेशिक रोजगारीका लागि भारतको पञ्जाब गएको बेला २०७३ सालतिर अज्ञात व्यक्तिले बाबु रामबचनको हत्या गरिदियो । बुबाको हत्या भएकै वर्ष मनिषा जन्मिएकी थिइन । तर, आमा रमिता देवीले बुबाको हत्या भएकै वर्ष प्रियङ्का र मनिषालाई जङ्गलमा छोडेर अर्कैसँग विवाह गरेर भागिन् ।

गाउँलेले जङ्गलमा रुँदै गरेको अवस्थामा दिदी बहिनीको उद्धार गरे । आमाले जङ्गल छोडेका दिदी बहिनीलाई स्थानीयले काकाको घर पुर्याएका थिए । आफ्नै काका श्यामबदन ठाकुरले उनीहरूको रेखदेखको जिम्मा लिन इन्कार गरे । त्यसपछि गाउँलेले मामाघरकी हजुरआमालाई खबर गरे । दुवै जनालाई हजुरआमाको घर पठाए ।

दोस्रो विवाह गरेकी आमाको पनि अकालमै मृत्यु भयो । ७७ वर्षीया वृद्ध हजुरआमाले मजदुरी गरेर र सरकारले प्रदान गरेको वृद्धभत्ताले दुबै दिदी बहिनीलाई जेनतेन खानलाउन  पुर्याएकी थिइन । दुवै दिदी बहिनीलाई स्थानीय विद्यालयमा पढाएकी थिइन् । तर, दिदी बहिनीको एक मात्र सहारा रहेकी देवन्दी देवीको निधन भयो । त्यसपछि दिदी बहिनीको आफ्नो भन्नु कोही रहेनन् ।

किरियामा बेसहारा दिदी बहिनी

पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर ४ लङ्गडीमा अहिले दिदी बहिनी हजुरआमाको किरियामा छन् । हजुरआमाको अन्तिम संस्कारका लागि समेत गाउँलेले एक एक सयका दरले चन्दा उठाएका थिए । तर, जसले श्रम गरेर दुई नातिनी पालेकी थिइन्, उनको नै निधनपछि प्रियङ्का र मनिषाको बिचल्ली भएको छ ।

स्थानीय इन्दुदेवीका अनुसार किरिया बसेकी १० वर्षीया प्रियङ्का कुमारी र बहिनी मनिषा कुमारी दुवैको शरीर गलेको छ । उनीहरु के गर्ने के नगर्ने सोच्न सक्ने अवस्थामा समेत छैनन् ।

स्थानीय नरेश पटेलको एकधुर जग्गामा फुसको छाप्रोमा खाटसमेत नरहेको अवस्थामा पराल ओछ्याएर दिदी बहिनी बस्दै आएका उनी बताउँछन् । ‘यी दुवै दिदी बहिनी चिसोमा डर तथा भयले रातभरि सुत्न सक्दैनन् । जर्जर झुपडीमा बस्दै आएका दुवै दिदी बहिनी यतिबेला हजुरआमाको श्राद्धको लागि रकमको खोजीमा छिन्,’ पटेलले भने । घरमा भएको केही अन्न र स्थानीयले मागिदिएको २५ सय रुपैयाँले हजुरआमाको श्राद्ध र आफ्नो खर्च पढाई कसरी गर्ने भन्नेमा दिदी बहिनी अलमल छन्। उनीहरूले स

हयोगकालागि मनकारीहरूसँग अपिल समेत गरेका छन् ।

 

 

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer