CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
देवताल गाउपालिका सामाजिक शंदेश

लिभिङ्ग विथ इनभाइरोन्मेन्ट पर्सा शाखाकाे पदास्थापन तथा सम्मान कार्यक्रम सम्पन्न

पर्यावरण अभियानमा काम गर्ने वा पर्यावरणको संरक्ष प्रोत्साहन गर्ने व्यक्तिहरूलाई संस्थाले सहायता प्रदान गर्ने

0 620
Bara Gadhi Notice winter

 

वीरगञ्ज – लिभिङ्ग विथ इनभाइरोन्मेन्ट पर्सा शाखाकाे पदास्थापन कार्यक्रम शनिबार वीरगञ्जमा सम्पन्न भएकाे छ । संस्थाकाे  साधारण सभाले चयन गरेकाे जिल्ला शाखाकाे नयाँ नेतृत्वकाे पदस्थापन कार्यक्रम सम्पन्न भएकाे हाे ।

संस्थाका केन्द्रीय अध्यक्ष आकाश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वयक अनमिका तिवारी, उप समन्वयक लकी बर्णावल, सचिव आयुष्मा सोनी, काेषाध्यक्ष सुमन ठाकुर, कार्यक्रम समन्वयक आलोक मण्डल, सार्वजिक सम्पर्क अधिकारी उज्वल राउत, सदस्यहरू प्रार्थना शाह, बिकी सिंह, धिरज कुशावाहालाई प्रमाण पत्र वितरण गर्दै पदास्थापन गराइएकाे थियाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

साथै संस्थाकाे साधारण सभाले पर्यावरण अभियानमा काम गर्ने वा पर्यावरणको संरक्ष प्रोत्साहन गर्ने व्यक्तिहरूलाई २०२५ देखि प्रतिवर्ष १० हजार रुपैयाँको सहायता प्रदान गर्ने निर्णय गरेकाे केन्द्रिय अध्यक्ष चाैहानले जानकारी दिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै जनता समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमदेले युवाहरु समाजिक रुपान्तरणका आधार स्तम्भ भएको बताए । उनले भने “उमेर त एउटा कुराहो युवाको परिभाषाकालागि तर युवा जोश र जाँगर निष्ठा र क्रियाशिलतालाई उमेर हदको घेरा भित्र सीमित हुनुहुँदैन ।”

उनले आजको काम गर्ने विषय नै वातावरण भएकाे वताए । स्वच्छ वातावरण नभए बाँच्न नसकिने वताउँदै पर्यावरण बचाउन अभियानमा युवाहरु लाग्नु पर्ने वताए । वातावरणले चाैतर्फी विकासमा समेत याेगदान पुर्याउने गरेकाे उनकाे भनाई थियाे ।

Karaiya Mai Notice Winter

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्वच्छ वतावरणमा जीवन यापन गर्न पाउने कुरा सम्बिधानले ग्यारेन्टी गरेको वताए  । मानव जिवनमा स्वच्छ वातावरण नभई नहुने भएकाे वताउँदै यसकाे क्रियान्वयनमा सरकार उदासिन रहेको वताए ।

उनले स्वच्छ वतावारणको मुद्धा बिश्वब्यापीनै उठेको चर्चा गर्दै स्वच्छ वतावरणको प्रत्याभूतीकालागि सरकारहरुलाई जिम्मेवार बनाउन अभियान चालउनु पर्ने सुझाव दिए ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पोखरी सैन्दर्यकरणको नाममा वतावरण संरक्षणको मौलीकपनलाई नष्ट गर्ने काममा सरकारहरुले गरेकोको भन्दै आलोचना गरे ।

कार्यक्रममा संस्थाका पूर्व सदस्यहरु कृष्ण चौरसिया, राजन रौनीयार, दिपु वर्णवाल, प्रभात सिंह, प्रभाकर चौरसिया, ऋषि पटेल, रुपक पटेल, राेहित गुप्ता, फिराेज अन्सारी लगायतकालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठन, पर्साका अध्यक्ष शम्भु कुमार सुमन, पत्रकार सन्तोष मिश्र, बिमला गुप्ता लगायतको सहभागिता रहेको थियो ।

पर्यावरण अनुसंधान र संरक्षणमा समर्पित, वातावरणः जिउने आधार नाराकाे साथ वतावरणकाे क्षेत्रमा संस्थाले २०७४ सालदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएकाे संस्थाकी सचिव साेनीले वताइन ।

Baiju sah
Leave A Reply

Your email address will not be published.