bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मलामी गएका टैक्सी त्रिसुली नदीमा खस्दा ५ जनाको मृत्यु ।

pokhariya Holi Notice

शैलेश गुप्ता १७ चैत्र बीरगंज 

 

 

लामी गएका टैक्सी त्रिसुली नदीमा खस्दा ५ जनाको मृत्यु  भयको खबर छ ।

काठमाडौँ बाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कदै गरेको तथ्य खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका पाँचै जना आफ्ना परिवारका अभिभावकको दाहसंस्कार गरी गोरखा फर्कदै गरेको पाइएको हो ।

 

आज बिहान इच्छाकामना गाउँपालिका –५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो । मृतकमध्ये ४ जना एकै परिवारका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् ।

 

यस्तै ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीहरु एकै परिवारका भएको खुलेको छ । उनीहरु काठमाडौंबाट बुबाको दाहसंस्कार गरेर गोरखा फर्कदै गरेको प्रहरीले जनाएको छ ।

 

उनीहरु सवै जना पशुपतिमा हिजो बुवाको दाहसंस्कार गरी आज बिहानै गोरखाका लागि हिँडेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त ट्याक्सीमा मृतकका श्रीमती, छोरा बहिनी, दिदी, भान्जा र ज्वाई सवार थिए । काज क्रिया गर्न घर फर्कदै गर्दा उनीहरुको पनि ज्यान गएको हो ।

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer