विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

रौतहटको गौर जिल्ला अस्पताल आफै सिकिस्त 

1,869

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

रौतहट, अभिमनु कुमार पटेल ।।  जिल्लाका मुख्य ५० बेडका एक मात्र सरकारी अस्पतालको रुपमा गौर जिल्ला अस्पताल रहेको छ । रौतहटमा १८ स्थानीय तह हुदा पनि नपा् गापामा रहेको स्वास्थ चौकीहरुमा राम्रो डाक्टर र औषधी उपलब्ध नभएपछि गाउँका मान्छेहरु धेरै आश बोकेर गौर जिल्ला अस्पतालमा विभिन्न रोगबाट सिकार भएका व्यत्तिहर आउदै गरेका छन ।

Thank you for reading this post, don't forget to subscribe!

तर राम्रो उपचार हुन्छ भने आशा लिएर आएको बिरामीलाई गौर जिल्ला असपतालबाट रित्तै हात फिर्ता हुने अवस्था देखिएको छ ।

५० बेडको अस्पतालमा बिरामीको चाप र ठूलो ऐरिया भएपनि दरबन्र्दी अनुसारको कर्मचारी तथा चिकित्सकहरु नरहको कारणले गर्दा बिरामीहरु सिधै यहाँबाट रेफ हुने बिगत बर्षौ देखि चल्दै आएको हुदाहुदै यस जिल्लाको ठूला बडा नेताहरु भएपनि स्वास्थ क्षेत्रमा सुधार ल्याउन नसकेको एक जना बिरामीको आफन्तले दुख पोखेका छन ।

devatal gapa

नेपाल सरकारले स्वास्थ संस्थाहरुबाट गरिब, असहाय, निमुखा जनता तथा आम नागरिकको लागि ७० प्रकारका औषधीहरु लगतार उपलब्ध गराए पनि जिल्ला अस्पताल गौरले विभिन्न बहाना बनाइृ बिरामीहरुको हातमा सिधै औषधीको पुर्जी थमाई अस्पतालको छेउछाउमा निजी औषधी पसलबाट खरिद गर्न पठाउदै आएको छ ।

बिरामीहरुको सहज र सुलभ सेवा दिने उदेश्यले नेपाल सरकारबाट लाखौ मुल्य बराबरको ल्याब प्रयोग शाला उपलब्ध गराए पनि रौतहटको जनताले त्यसबाट कुनै सेवा नलिईकन सिधै असपताल गेट अगाडीको ल्याबमा चेकजाच गर्ने पुर्जी लिई बाहिर महगो शुल्क तिर्न बाध्य बनेका पीडित एक बिरामीले गुनासो पोखेका छन ।

जिल्ला स्तरीय सबभन्दा ठूलो असपतालको रुपमा गौर जिलला अस्पताल नै रहेको छ । तर अस्पतालको सरसफाईमा कुनै किसिमको बदलाव नआएको छ । बिरामीहरु प्रसुती गृहको गाईने वार्डको छेउमा रहेको शौचालयको धारामा एक थोपा पानी समेत न आएको कारणले गर्भवती महिलहरु लाई आफनो सरसफाई र सहयोगका लागि परिवारबाट आएको कुरुवा तथा कार्यरत कर्मचारी महिला नर्स समेतलाई पानीको अभावले दुर्गन्ध फैलिएको प्रष्ट देखिन्छ ।

पटक पकट अस्पताल प्रशासनलाई गुनोसो गर्दा पनि कानमा तेल हालेझै बसेको तर यहाँका विभिन्न राजनीतिक दलका नेता वा प्रमुखले समेत आफनो जिल्लाको स्वास्थ अवस्था सुधार गर्ने तिर ध्यान नदिएकोले जिर्न कमजोर बन्दै गएको छ । भने देशमै यस जिल्ला अस्पताल अहिले रेफ अस्पताल र आफै रोगी अस्पतालको नामले प्रख्याम भईरहेको आम नागरिकको भनाई छ । अहिले यस्तो गरिमी मौसममा एउटा पनि राम्रो खानेपानी हैण्डपाईप समेत नरहेको अवस्था देखिएको छ ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.