सात्विक पुजापाठ अभियान अन्तर्गत नेपाल भारत मिडिया कर्मीको भुमिका विष्यक अन्तरक्रिया, बली दिएर पुजापाठ कल्याणकारी नहुने
कलैया, बारा।
पशुको पनि पीडा हुन्छ ! सर्वश्रेष्ट प्राणी बिद्धिजिवी मानवले आत्मसात नगरेको कारण मारमा पर्ने गरेका छन। पत्रकारहरुले भरिएका सभामा कसरी सर्वश्रेष्ठ प्राणी मानवले मुख भए तापनी बोल्न नसक्ने प्राणी (पशु) लाई निर्दयता पुर्वक दु:ख दिनेगरेको बारेमा फोटो हेराउदै दु:ख बारेमा प्रश्तुत गरेका थिए। जिवहरुको दु:खको बारेमा विभिन्न कुराहरुको उदाहरण दिदै प्रस्तुत गरेकि थिन। मनुष्यलाई केही भयो भने आफ्नो दु:ख र पिडा अरुलाइ पोख्ने गर्छ । दु:ख र पिडा पोख्दा जोकोहिले पनि दुखित भैहाल्छ्न। हुन त मनुष्य जीव हो त्यसतै जीव अरुपनि धेरै छन। जीव भनेको जस्मा प्राण हुन्छ भने हामी बुझ्ने गर्छौ तर आफुलाइ दु:ख भएको वा अरुको हेर्दा आफुपनि दुखित हुने मानव स्वभाव हो। त्यही दु:ख वा पिडा अरु कुनै जिवलाइ हुदा मानव स्वभाव कता हराउछ भने कसैलाई थाहा हुदैन।
मानव भनेको चेतनशील प्राणी हो हामी बुझ्छौ। चेतनशील हुदा पनि मनुष्यको चेतना मानव जातिको लागि मात्र हुन्छ कि अरु प्राणीका लागि पनि हुन्छ भन्ने कुराको बारेमा हेर्दा एक्दमै थोरै चेतना भएको हेरिन्छ। किनकि जति चेतना मनुष्यका लागि हुने गर्छ त्यति अरु प्राणीका लागि भएको भए अरु प्राणी लाइ दु:ख भएको बेला स्याहार गर्ने थिये। तर मनुष्य विवेकशिल प्राणी भएर पनि अरु प्राणी लाई दु:ख भएको बेला स्याहार गर्नु को सट्टा त्यो बेला उलटै ज्यान नै मार्ने काम गर्ने गर्छन । उदाहरणका लागि भन्ने हो भने हामी सहजै हेर्ने गर्छौ । जसको सहारा लिएर हामी आफ्नो स्वास्थ्य लाई राम्रो हृष्ट पुष्ट बनाउने गर्छन तर जब उसको समय कमजोर हुन्छ अर्थात दुध दिन छोडे पछि मनुष्यले आफ्नो स्वार्थ पूरा गरि छाडा छोड्ने गरेको जताततै अरु प्राणी लाइ छोडेर हेला गर्न सुरु गरि दिन्छन । स्वस्थ पशुको मासु सेवन गरे मात्र हामी लाई फाइदा गर्छ नत्र भने अस्वस्थ पशुको मासु अस्वस्थ नै हुने गरेको चेतना कसैलाई नभएकोले सर्वसाधारण मारमा परेको श्रेष्ठले बताइन्।
जुन हामी दैनिक रुपमा बाटो घाटोमा हेर्ने गर्छौ गाई गोरु, घोडा, कुकुर, आदि प्राणी हरु लाई छाडा छोडी दिएको बारेमा चर्चा गरिएको थियो। छडा छोडेर अरु उनिहरुको दु:खमा समस्या थपिदिएको हुन्छन। त्यो बेला चेतना, विवेकशीलता हराएर उसलाई छाडा छोडी सर्व श्रेष्ठ प्राणीको गुण नभएर राक्षसी गुण प्रवेश भएको देखिन्छ। जुन जिवको हामी दूध खाने गर्छौ त्यो दूध दिन छोड्ने बित्तिकै छाडा छोडी दिएको हुन्छ वा सियो दिएर मारी दिने गरिन्छ।
जसलाई आफ्नो घरको रक्षार्थ पालेको हुन्छ त्यस कुकुर लाई यदि पैरालाइसिस भएयो भने सियो दियेर मार्ने गर्छन । जुन घोडा बाट आफ्नो घरको भरन पोषण गर्ने गर्छन त्यो कमजोर भए पछि बाटोमा छोडी दिएको हुन्छ। त्यति मात्र कहा होर विवेकशीलता, चेतनशीलता, मानवता तथा सर्वश्रेष्ठता त त्याहा हेरिन्छ जब आफ्नो आफन्त लाई कसैले कुट्छ त्यो बेला कुट्नेलाइ छोड्ने कसैले होइन तर निर्दयीताको हद्द पार गरि जिवलाइ भाकल गरि देवी देवताको स्थानमा बली चढाउने गर्छन।
त्यस्तै हाट बजारमा खचाखच एउटा बाख्रा लाई अर्को बाख्राको सामुमै काट्ने काम गर्ने गर्छन। तर अलिकति पनि मनमा आउदैनन कि त्यो अर्को बाख्राले हेर्दा उसलाई कस्तो महसुस हुन्छ। यसै विषय लाई लिएर आज जातीय विभेद अन्त्य मार्फत पशु कल्याण प्रवर्द्धन तथा शुनिश्चितताका लागि स्थानीय सरोकारवालाहरुको भुमिका पनि अपरिहार्यता रहेको श्रेष्ठले बताइन्।
पशु सेवा ऐन २०५५ तथा सोको निमावली २०५६ पशु ढुवानी मापदण्ड २०६४ अनुसार हरेक गाडिमा प्राथमीक उपचार बाकस हुनुपर्छ, शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडिमा गर्नु हुदैन। रांगा भैसीसगं पाडा पाडी मिसाउन हुदैन। सबै रांगा, भैसी, बोका, खसीको टाउको र मुख अगाडि चालक पट्टी फर्केको हुनुपर्छ । नाकमा र पुच्छरमा बाँध्नु हुदैन। रांगा भैसी, बोका खसीले टेक्ने भुईमा ६ इन्च वाक्लो भुस पराल वा सोत्तर हालेको हुनु पर्छ। गाडिको साइडमा फोम टाँसेको हुनु पर्छ। ठूला पशुलाई प्रति पशु ०.८४ देखि १.२७ वर्ग मिटर स्थान उपलब्ध गराउनु पर्छ । साथै एउटा ट्रकमा २० वटा मात्र राँगा भैसी ढुवानी गराउन पर्छ । दैनिक ८ घण्टा भन्दा वढी गाडीमा डुंबानी गराउन हुदैन । गाडीमा घाँस, पराल र दाना राखेको हुनु पर्छ । गाडिमा ८ घण्टा ढुवानी गरेपछि पशुलाई ओरालेर दाना पानी खुवाउनु पर्छ । गाडी ४० किलोमितरको रफतारमा वा सोभन्दा विस्तारै हाँक्ने र भयाप्प ब्रेक नलगाउने नउफ्रने गरि आरामसगं ढुवानी गर्नु पर्छ । तर यी सबै कुराहरु बारे सबै संबंधित निकाय मुखदर्शक बान्नु बाहेक अरु केही गर्न नसकेको बारे चर्चा गरिएको थियो। कार्यक्रममा हामी सबैजना मिलेर पशु पन्छीको कल्याणमा काम गरौं भने अपिल गरिएको हो।
सोहिकुराहरु लाई मध्यनजर गरि सात्विक पुजापाठ अभियान अन्तर्गतको नेपाल भारत मिडिया कर्मीको भुमिका विष्यक अन्तरक्रिया कार्यक्रममा बली दिएर पुजापाठ कल्याणकारी नहुने पशु कल्याण संघ नेपालले धारणा राखेका थिए। कार्यक्रममा सरोकारवालाले पशुबली निरुत्साहित हेतु सात्विक पुजापाठ लाई संरक्षण गर्नुपर्नेमा जोड दिइएका थिए। सात्विक पुजा अभियान कार्यक्रमलाई उदघाटन महागढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा र गढीमाई मन्दिर संचालन तथा बिकास समिति अध्यक्ष रामचन्द्र साह एवं महिला नेत्री कलावती पासवानले संयुक्तरूपमा पानसमा दिप प्रजवलन गरि उदघाटन गरेका थिए। उदघाटन शत्रलाई सम्बोधन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले पशुबली होईन सात्विक पुजापाठ लाई मान्यता दिनका निम्ति पशु कल्याण संघ नेपालले निरन्तर रुपमा जनचेतना जगाउनु पर्ने धारणा राखेका थिए । बिश्व प्रसिद्व शक्ति पिठ गढीमाई प्रती आस्था बिश्वास राखी भाकल गर्ने भक्तजनले सात्विक पुजापाठ लाई मान्यता दिनु पर्ने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह तेलिले बिश्वमा पशुबलिको नामले चिनिने गढीमाई मेलामा श्रद्धालु भक्तजनले श्रद्धा पुर्वक रांगा, बोका ल्याउने गर्छन । मातालाई प्रसादको रुपमा ल्याईने बस्तु लाई नकार्न नमिल्ने मातालाई फुल अबिर मिठाइले समेत प्रसन्न खुशी पार्न सकिने आस्था र बिश्वास जगाउन पशु कल्याण संघले संदेशमुलक होडिङ्ग बोर्ड, सडक नाटक, समाचार सम्प्रेषण गर्नुपर्ने अध्यक्ष साहले बताए ।
पशु कल्याण संघ नेपालका अध्यक्ष स्नेहा श्रेष्ठले अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै आस्था र बिश्वासको प्रतिकको रुपमा रहेको शक्ति पिठ गढीमाईको महिमा अपरम्पार रहेको बताईन । श्रेष्ठ उनी आफै शक्तिपिठ गढीमाईको भक्त रहेको बताईन। हरेक पांच बर्षमा लाग्ने गढीमाई मेलामा भाकल स्वरुप ल्याईने रांगा, बोका, परेवा आदि पशुपंक्षीको सट्टा नगद राशी दान गरि पुण्य कमाउन सकिने भएकोले सकारात्मक संदेश आम जनमानसमा फैलाउन सञ्चारकर्मीको भुमिका अहम रहेको बताईन । पशु कल्याण संघ नेपालका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीले उठाएको प्रश्न र जिज्ञासा लाई निमित प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा र स्नेहा श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बारा, पर्सा, रौतहट लगायत मीत्र राष्ट्र भारतका मिडियाकर्मीहरुको सहभागिता रहेको थियो। अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष रामबाबु मेहता, पुर्व भौतिक राज्यमन्त्री कलावती पासवान लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पत्रकार नरेश गुप्ताले गरेका थिए ।