bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

अभिभाकत्व ग्रहण गरेपनि जिम्मेवारी अनुसारको पठन पाठनको ब्यवस्था मिलाउन सकेनन

pokhariya Holi Notice

गणेश कुमार शर्मा, सिरहा ।।  प्रदेश नं. २ का मूख्यमन्त्री मो.लालबाबु राउतले गत वर्ष २०७५ वैशाखमा दलित बाल बालिकालाई अभिभाकत्व ग्रहण गरेपनि जिम्मेवारी अनुसारको पठन पाठनको ब्यवस्था मिलाउन नसकेको हो । गत २०७५ वैशाख ५ गते प्रधानमन्त्री केपि शर्मा ओली, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेल तथा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबुराउतले सिरहाको कल्याणपुर नगरपालिका स्थित राम दुलारी माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको उद्दघाटन समारोहमा अशिक्षालाई समाप्त गर्न कुनै पनि बालबालिका लाई शिक्षाको पहुँचबाट बाहिर नरहोस, पछि परेका कमसेकम एक जना बालबालिका लाई विद्यालय सम्म पुर्याउने नीति अनुरुप कल्याणपुर नगरपालिकाका १५ जना बालबालिकहरुको अभिभावकत्व ग्रहण गरेर ति बालबालिकाहरुको पठनपाठनको लागि खर्चको व्यवस्था हुने बताउदै प्रधानमान्त्री केपि ओलीले कल्याणपुर नगरपालिका वडा नं. ११ का भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक डोम र दिनेश मण्डल खत्वेकी छोरी रुपा कुमारी मण्डल खत्वेको अभिभावकत्व ग्रहण गरे ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले विनोद महराका छोरा राहुल कुमार महराको अभिभावकत्व ग्रहण गरे भने प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले लालबाबु मण्डल (खत्वे)का छोरा सोनु कुमार मण्डल (खत्वे) को अभिभावकत्व ग्रहण गरे भने इन्द्र मल्लिकका छोरी मनिषा कुमारी मल्लिकको अभिभावकत्व सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले लिए । त्यस्तै केन्द्रिय बाल कल्याण समितिका अध्यक्ष तारा धितालद्घारा अर्यन साह, प्रिन्स गोस्वामी, सिमांगी कु. साह, अंशु यादव, अमृता कुमारी मण्डल, कृष्ण कुमार मण्डल, सुशान्त यादव, मो. सकिल अन्सारी, रविन्द्र कुमार मण्डल र करिना ठाकुर गरी १० जनाको अभिभाकत्व लिने घोषणा गरेका थिए ।

अभिभावकत्व ग्रहण गरेका बालबालिकालाई पठाईमा लाग्ने सम्पूर्ण खर्च दिने घोषणा गरेको थियो । त्यसमध्ये प्रधानमन्त्री तथा शिक्षामन्त्रीद्घारा संयुक्त रुपमा प्रथम पटक नै २० हजार रुपैया र त्यसपछि पटक पटकका रकम विद्यालय मार्फत नै उपलब्ध गराउदै आएको छ भने प्रमुख जिल्ला अधिकारीले पनि अभिभावकत्व ग्रहण गरेका विद्यार्थीलाई पढाईखर्च दिइरहेका छन् भने केन्द्रिय बालकल्याण समितिले अभिभावकत्व ग्रहण गरेका १० जना विद्यार्थीलाई ७ हजारका दरले विद्यार्थीको खातामा पठाउदै गरेकाछन् तर, प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले सोनु कुमार मण्डल खत्वेलाई अभिभावकत्व ग्रहण मात्र गरे तर हालसम्म पठनपाठन पाठनको जोहो गरेकाछैनन् ? आखिर किन ? लोकप्रियता कमाउनको लागि त मुख्य मन्त्री राउतले अभिभावकत्व ग्रहण गरे तर, कुनै खचै त परै जाओस हाल सम्म अभिभावकत्व ग्रहण गरेका बच्चाको अवस्था समेत बुझ्न कुनै चासो देखाएको छैन ।

उडायो सपना सबै हुरीले

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले कल्याणपुर नगरपालिका वडा नं. ११ बस्ने पिता बिनोद मण्डल (खत्वे) र आमा शिला देवी मण्डल (खत्वे)ले सन्तान सोनु कुमार मण्डलको पढाइखर्च पाउन नजिककै माछापुच्र्छे बैंकमा खोलेका खातामा पटक पटक खोज्न जाँदा रकम नपाएपछि आश मर्दै गएको दुखेसो पोख्दै ब्याग्त्मक शैलीमा उडायो सपना सबै हुरीले गित गाई सुनाउछन् भने विद्यालयमा पनि पाइने एक सरो कपडा पाएपनि अर्को दलित छात्रवितृबाट पनि पाउने रकम पाउने रकमबाट बञ्ति रहेको बताउछिन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer