bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु

pokhariya Holi Notice

गणेश कुमार शर्मा, सिरहा ।।  स्थानियको कुटपिटबाट सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका वडा नं. ४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंह लाई स्थानियहरु कुटपिट गरी ज्यान लिएको छ । उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरीको आरोपमा विजुली पोलमा बाधेर कुटपिट गरेपछि मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

यो घटना बैशाख २८ गते शनिवार रातीको हो । तेनुवापट्टी चौककै अधारभुत प्राथमिक विद्यालय पुर्व उतरमा रहेको कलबको घर स्थित विजुली पोलमा बाधिएर स्थानियहरुको कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते दिउसो छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी मुखर्दशक

प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखर्दशक भएको विरुद्धमा दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै स्थानीयबासीले सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड अवरुद्ध पारेको थियो । सडक अबवरुद्धको साथै ईलाका प्रहरी कार्यालय बरिषरपट्टीलाई समेत घेराबन्दीमा लिएको थियो । घेरा वन्दीमा लिएपछि जिल्लाबाट र ईलाकाबाट आएका प्रहरी र स्थानीय बिच ३ वटा बुदांमा छलफल भएर घेरावन्दी र सडक अबरोध खुलियो । छलफल बुदांहरुमा मुखदर्शक बनेका प्रहरीलाई कर्वाही , दोषीलाई हदै सम्मको कवार्ही, तीन दिन भित्र अपराधीलाई पक्राउगरी कवार्ही अगाडी बढाउने निर्णय भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

मृतक सिंहका काका मनोज सिंह

बैशाख २८ गते राती हामीहरु सबै परिवार लहानमा थियो । घरमा ७५ वर्षिया हजुर आमा र अनिस मात्रै घरमा थियो । राती केही युवाहरु घरमा अएर चोरको आरोप लगाउदै समातेर अनिसलाई घरबाट तेनुवापट्टी लगियो । तेनुवापट्टीमा बिजुलीको पोलमा बाधेर कुटपिट गर्न थोलेको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई खबर गर्दा पनि समयमा प्रहरी पुगेन तर केही घण्टा पछि पुगेपछि प्रहरी मुखदर्शक बनेर बसे । न कसैलाई आफनो नियन्त्रण लियो न अनिसलाई कुटाई खानमा बचायो अनिसका काका मनोज सिंहले दुखेसो पोख्नुभयो ।


मृतकका काका विजय कुमार सिंह

काका विजय कुमार सिंहले आँखाबाट आशु चुहाउदै भन्नुभयो – हामीहरु बिहान ४ बजे आफन्तहरु घटना स्थलमा पुगे । हात खुटा विजुली पोलबाट खोलिदिन आग्रह गर्दा गाली समेत दियो र खोलेन पनि मानेन । आफनै अगाडीमा भतिजा कुटाई खाई राखेको हेरेर सहन नसेकपछि आफुहरु रुदै रुदै केही पर गएर बसे । उनीहरु नाना थरीका गालीहरु दिदै थियो । मन नमानेपछि पुन आए तर पनि उनीहरु हाम्रो गुहार सुनेन । ३० मिनेट पछि अर्थात बिहान ४ः ३० बजे उनीहरु नै गाडी मगायो । तर कोही गाडीमा अनिसलाई राखन नमाने पछि । आफुहरु भतिजालाई रुदै रुदै गाडीमा चढाए ।

तत्कालै उनलाई लहानको सप्तऋषी अस्पतालमा र्पुयाइयो । त्यहाँ उपचार संभव नभएपछि नोभेल अस्पताल विराटनगरमा रेफर गरियो । त्यहाँ पनि उपचार संभव नभएपछि छाउनी विरेन्द्र सैनिक अस्पताल काठमाण्डौमा रेफर गरियो । उपचारकै क्रममा मृत्यु भएको खबर पाएर पुरै परिवार वियोगमा परेको छु ।


यता, सखुवासभाको बरादल सैनिक जवान दरबन्दी रहेको र एक महिनाको विदामा घर आएका सिंहलाई चोरीको आरोप लगाएर कुटपिट बाट मृत्यु भएको घटना रहस्मय भएकोले सत्य तथ्य खोजबिन गरी कर्वाही गर्नका लागि सम्बन्धित निकाय संग बरियारपट्टी गाउँपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष नविन कुमार यादबले आग्रह गर्नुभयो । यो बारेमा गाउँले सँग बुझन जादा गउँमा पुरुषलाई प्रतिक्रिया लिन खोजियो तर अधिकांश पुरुष टोलमा भेटन । त्यसपछि उहाँले महिलाहरुलाई पनि शोध्नुभयो ।

तर जवाफमा उतर आयो थाहै छैन् । घटना चोरीको हो की घटना अन्य विषय हो । गाउँमा जति घुम्दा घटना रहस्मय लागन थालियो । किन भने कोही चोरीको आरोपमा कुटपिट भएको पनि भन्न चाहेन् । यता सुर्य पनि अस्ताउन थाले हामीहरु पनि तत्कालका लागि कमल बन्द गर्दै घर तर्फ फर्के । यता घटनाको बारेमा थप बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले फोन उठाएन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer