गढी माइको आसिर्बादले प्रदेशको सबभन्दा ठुलो प्रोजेक्ट माता गठिमाइ लाई

प्रभु यादव, बारा ।। प्रदेश दुइ को धार्मिक एवं एतिहासिक स्थल महा गढिमाइ नगरपालिका को बरियारपुरमा अवस्थित गढी माइको आसिर्बादले प्रदेशको सबभन्दा ठुलो प्रोजेक्ट माता गठिमाइ लाई पाएको हो । आठ करोड को लागतमा धार्मिक एवं एतिहासिक स्थल गढिमाइ को मन्दिर नजिक विवाह मण्डप र धर्मशाला को आज शिलान्यास गरिएको छ । विधिवत पुजापाठ गरि भवन निर्माण स्थलमा माननीय भौतिक पूर्वाधार तथा बिकास मंत्री जितेन्द्र सोनलले आफ्नो श्री मति संगै शिलान्यास गरेका छन्। तत् पश्चात शिलान्यास को बारेमा बारा, पर्सा र रौतहट बाट आएका बिभिन्न जनप्रतिनिधि तथा नेताहरुले आ-आफ्नो धारणा राखेका थिए ।
Thank you for reading this post, don't forget to subscribe!गढ़िमाइ ट्रष्ट तथा राजपा नेपालका नगर अध्यक्ष रामचन्द्र साह तेलीको अध्यक्षता तथा माननीय सोनालाको प्रमुख आतिथ्यता एवं बारा क्षेत्र न ४ का प्रतिनिधि सभा सदस्य एकबाल मिया, पार्टीका महा मंत्री राजेशमान सिंह, जितेन्द्र सिंह, प्रदेश सभा सदस्य पारस साह, महमद समिर,राजपा सचेतक पर्मेषर साह, शारदा शंकर साह कलवार, अन्जु यादव, बाबु लाल साह, रमेश पटेल, जिल्ला समनावय समितिका सभापति नवलकिशोर सिंह लगायत को विशिष्ट आतिथ्यमा शिलान्यास कार्यक्रम गरिएको थियो ।
सदियौ देखिको यो सपना वीर मधेशी सपुतहरुको बलिदानी बाट प्राप्त संघियता मा सफलता पाएको बिभिन्न बक्ता हरुले आफ्नो धारणा राखेका कुरामा जोड दिदै मंत्री सोनल ले आफ्नो धारणा राखेका थिए । सदियौ देखिको सपना मधेशी वीर सहिद हरुको बलिदानी बाट आएको संघियता ले आज हाम्रो यो सपना पुरा हुन लागेको बताए। हामीले हरेक क्षेत्रमा बिकास गर्न लाइ आफ्नो प्रयास सुरु गरेको हो । ती सहिदका सपना हरु क्रमबद्ध पुरा गर्दै अगाडी बढ्ने र सहिद हरुको सम्मान स्वरुप उनको रगत खेर नजाने भन्दै बिश्वास दिलाएका थिए ।

यो संघियताको अहिले २ वर्ष मात्र पुरा भएको छ जबकि कुनै शिसुलाई चलनका लागि ३ वर्ष लाग्छ , हामि अब जस्तो सुकै बाधा व्यवधान आए पनि त्यसलाई पार गर्दै प्रदेश वासीलाई सुखी र सम्बृद्ध बनाउने बताए। केन्द्र सरकारले संघियता असफल बनाउने कोसिश मा जति लागे पनि हामि हिम्मत न हारी केन्द्र सरकारको सोचलाई असफल बनाएर संघियता लाइ सफल बनाउने बताए।
हामीले आउदो दिनमा आज गढिमाइको आशिर्वादले आज बाट बिकास को सुरुवात गरेको छु, अबको दिनमा प्रदेश दुइको आठ वटै जिल्लामा किसान हरुको लागि हरेकको खेतमा बिजुली उअलब्ध गराउने तथा हरेक ठाउमा मलको व्यवस्था गराउने बताए। बिकासको लहर अब कसैले रोक्न नसक्ने आआफ्नो धारणा राखेका थिए।
कार्यक्रममा राजपा नेपालका केंद्रिये सदस्य श्याम गुप्ता, डा कमरुल्लाह अन्सारी, पिंकी यादव, मालती कुशवाहा, सर्फुलाह अन्सारी, राजपा अध्यक्ष मण्डलका संयोजक महमद फिरोज, महेन्द्र मण्डल, बीइरेन्द्र कुसुवाहा, युवा नेता बिनोद यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन राजपा नेपाल का प्रवक्ता अरुण सिंह तथा सन्तोष यादव ले गरेका थिए।

Comments are closed.