विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

लुट तन्त्रको पोल खुल्ने डरले पत्रकारितामा अंकुस

0 1,271

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

प्रभु यादव,बारा ।।  हाल नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र को अभ्यासमा रहेको छ। तर हाम्रो नेपालको अवस्था स्थिति परिस्थिति भने न आखा बन्द गर्ने अवस्था छ नत्र हेर्ने अवस्थामा । देशको बारेमा सबै ले सोची रहन्छन कि हाम्रो देशको अवस्था दिन प्रतिदिन खराब हुदै गैरहेको छ । तर समय आएको बेलामा आफै माताको प्रसाद जस्तै बिकेको हुन्छ । जसको फल स्वरुप नेपालमा निन्दनिये हत्या हिँसा बलात्कार भ्रस्टाचार लगायतका बिकृतिहरु बढेकोछ । जनताले कुन माकुरोको जालोमा परेका छन् कि आफैले आफैलाई ध्वस्त पारिरहेका छन् । देशमा भैरहेको राजनीति ले गर्दा गरिब सोझा जनता नेताको सिकार बनेका छन् । आफु कुर्सीमा बसी जनताको रगत लामखुट्टे जस्तै चुस्नमा व्यस्त छन् । जुन लामखुट्टेको फैक्ट्री घरघरमा नै रहेको छ त्यसलाई कसरी केगर्ने भने कुनै औषधि गर्न सकिरहेका छैन। अर्थात हरेक दलहरुले आ-आफ्नो पार्टीको सक्रिय सदस्य बनाएर स्वतन्त्र जनता कसैलाई न छोडी घर घरमा नेता बनाएका छन्र्।

नेपालको वर्तमान राजनीति ले नेपाललाई ड्राइवर जस्तै हाक्ने हरुले आफुलाई बिधातानै बुझी जनतालाई हरेक दृष्टि ले आफ्नै कोठामा बसी मनलागेको नियम कानुन बनाइ हावामा गफ्दिने वाहेक अरु केहि नगेरेको जनताको बुझाइ रहेको छ । यी राजनीतिक दलका बिचौलिया हरुले हाम्रो सुन्दर शान्त बिशाल देशलाई आफ्नो निजि स्वार्थमा सखाप पारिरहेको जनताहरुको बुझाइ रहेको छ । हाम्रो देश नेपाल विश्वमा चिनाउने आजको समयमा यी राजनीति ले गर्दा यी दलालहरुले अरु देश को इशारामा चल्ने गरेकोले आफ्नो बुद्धि हराएको बुद्धिजीवी समाजका अगुवा हरुको भनाइ रहेको छ ।

हाम्रो देश नेपाल एउटा गरिब मुलक भएकाले विदेशी एनजीओ आई एनजीओ को सहाराले नै आफ्नो जिउको उपार्जन गर्न बाध्य रहेका छन् । हाम्रो देश नेपाल हरेक कुराको खानि भए तापनि यहा कसैले आफ्नो श्रोत साधनको उपयोग गर्नुको साटो विदेशबाट भिक्षा माग्ने बानिबसेकोले आफुले गर्न नचाहि जनताको रगतमा राजनीति गरि रहेको पनि गाउ घर देखि सहरका गलिगलिमा चिया चर्चा को बिषय रहेको हुन्छ ।

यति मात्र नभई हाम्रो देश कसरि सबल सुखी सम्मपन हुन्छ भन्ने बारेमा कुनै चासो नराखी आफु कसरि सत्तामा टिकी रहन्छु भन्ने सोचले नै गर्दा हाम्रा सुन्दर शान्त बिशाल नेपालका नेपालीले आज खाडि मुलकमा गएर परिवार लाइ भरण पोषण गर्न बाध्य रहेको र त्यसमा पनि आफ्नो जिउ धनको कुनै सुरक्षा नभएकोले प्रत्येक दिन आफ्नै कोखमा नौमहिना सम्म पालेर जन्म दिएका आमाको सामु आफ्नो छोराको अन्त्येस्टि बुबा काकाले गर्नु परेको बाध्यात्मक अवस्था रहेको छ ।

देवताल psa

हाम्रो देश नेपाल कुन बाटो समाएर कुन दिशामा कता गैरहेको बारेमा अब पनि नेपालि जनताले नबुझे हामि नेपालि कुन देशको गुलाम हुने भन्ने बारेमा हामी कल्पना गर्न सक्दैनौ । किनभने हाम्रा देशका विधाता हरुले देशलाई विध्वंस गरिरेका छन् भन्ने कुराको आभास नै गरेका छैनन । हामो देश कसरि बनेको छ सिंगो नेपाल भन्ने कुरा को बारेमा ग्यान मात्र भएको तर अनुबव नभएकोले आफु के गर्दै छु भन्ने कुराको आभास नभएको आम बुझाइ रहेको छ।

हामि कुन देशमा छौ र कसको इसारामा हाम्रोदेश चलि रहे छ कि हामीलाई रोक लगाएर हाम्रो अर्थ तन्त्रलाई कम्जोर पारि रहेका छन् तर अरु अरु देशमा त्यो कार्य को मान्यता दिएर गर्न दि रहेका छन् । हाम्रो देशमा गाजा खेति स्वास्थ्यको लागि हानिकारक हो भनि रोक लागाइएको छ। तर थाइल्याण्डको अन्तरिम संसदले औषधिका लागि आवश्यक गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ । नशाका लागि गाँजा उपयोग गैरकानुनी रहेपनि औषधिका लागि आवश्यक मात्रामा प्रयोग गर्न सकिने उल्लेख छ । नयाँ नारकोटिक्स विधेयक पारित गर्दै दक्षिण पूर्वी एसियामा पहिलो मुलुक बनेको छ । गाँजा मस्तिष्क, मानसिक समस्या तथा पेट सम्बन्धी समस्याका औषधि बनाउन प्रयोग हुन्छ । औषधिमा प्रयोग गर्नका लागि गत वर्ष नै जर्मनी, अष्ट्रेलिया र आईरल्याण्डले मान्यता दिएका छन् । क्यानडामा पनि यसैवर्ष गाँजाको उपयोग खुलाउने कागजपत्र साथमा रहे गाँजाको खरिद बिक्रि गर्न सकिने नयाँ कानुन पारित भएको थियो ।

सरकारले आफुहरु कसरि कुन नियम बनाएर लागु गरे सुरक्षित हुनसक्छु भन्ने बारेमा मात्र चिन्तन गर्नमा व्यस्त रहेका छन् । आफुले गरेको भ्रष्टाचार कसरि लुकाउन सक्छु भन्ने बारेमा चिन्तन मनन गर्दा गर्दै प्रेसमाथि अंकुश लगाउन सुरु गरेका छन् । प्रेसले नै हाम्रो बारेमा कुनै कुरा जनता माझ पुर्याउने गरेकोले यिनीहरु लाइ नै सब भन्दा पहिला अंकुस लगाउदा हामि सुरक्षित हुन सक्छौ भन्ने सोचको आधारमा प्रेस माथि यस्ता नियम कानुन बनाउन लागेको बिभिन्न जानकार हरुको भनाइ रहेको छ। फोहरी राजनीति गर्ने दलाल हरुले लिएको जुन सुकै कमिसन को कुनै प्रमाण हुदैन, बरु यसैलाई नै बन्देज लगाए हामि सुरक्षित हुन्छौ जसको कसैले प्रमाण दिन सक्दैन अनि जो कोहि पनि यस नियम को घेरा भित्र पर्छन र यसको डरले कोहि हाम्रो बारेमा लेखन सक्दैनन ।

संघिय लोकतन्त्र भन्दै लुट तन्त्र बनाइ जहानिया राणा शासनमा लाइ पनि मात दिई रहेको बुढा पाखा हरुको भनाइ रहेको छ। जहानिया राणा शासनमा पहिला जनताले सहि न्याय पाउथ्यो तर अहिले निर्दोषी लाइ दोषी तथा दोषी लाइ निर्दोष बनाइ नेपालको नाम गुमाई रहेका छन्। “धाम कमान कासी जाउ, न्याय नपाए गोर्खा जाउ” भन्ने उखान लाइ कुनै मर्यादा नराखी आफ्नो स्वार्थ सिद्धिका लागि लत्याउदै हिडेका छन् ।

नेपाल “नेपाल” हुन लाइ यदि अहिले पनि लाग्ने हो भन्ने सब भन्दा पहिला आ-आफ्नो व्यक्ति गत स्वार्थको बिधि छोडी पार्टी को बिधि र बिधान अनुसार हिडे मात्र केहि सम्भव छ । अन्यथा आउदो दिनमा गृह युद्ध पनि हुन बेर लाग्ने छैन । अर्थात न्याय को कुरामा पूर्ण सचेत भै अगाडी बढ्नु पर्ने हुन्छ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.