प्रशासनकै मिलोमतोमा खुल्याम तसकरी

अनिल पाण्डेय, कलैया बारा ।। देशको सिमा सुरक्छा को जिमेबारी पाएको ससस्त्र प्रहरीले बाराको माहागढीमाई नगरपालिका वडा नम्बर १ स्थित पसाहा खोलाको पुलनिर दिनहु बरियारपुर बाटो भएर कलैया आउने मालसमान लोड गरेको टयाक्टर चालक हरुसँग चेकपोस्टमा भएका शास्त्र प्रहरीहरु बिस रुपैयाका दरले उठाउने गरेको पाईएको छ। कलैया बजार हप्ता को दुई दिन आईतबार र सोमबार लाग्ने गरेकोले त्यहि बाटो भएर ल्याउने गरेको खसिबाख्राहरुको प्रति बाख्रा दस रुपैया लिने गरेको र जितपुर सिमरा उपमाहानगर पालिका जितपुर मा राङा ( भैसि) बजार लाग्ने दिनमा पनि त्यो बाटो भएर आउने भैसिहरु को प्रति भैसि बिस रुपैया लिने गरेको पाईएको छ।
Thank you for reading this post, don't forget to subscribe!चेक पोस्टमा भएका प्रहरी सँग कुरा गर्दा हामि माँग्न गएको होईन उनि हरु आफु खुसि दिएका हुन। हामि कसैलाई धाकधम्कि दिएका छैनौ। ट्रैकटर ड्राईभर, भैसि बाख्रा लिएर आउने मान्छे सँग कुरा गर्दा नस्ता खानको लागि माँगेकाले हामि बिस रुपैयाका दरले दिनेगरेका छौ। नदिएमा अनावस्क दुख दिने गरेकाले दिनु परेको हो। बरियारपुर बेसक्याम्प प्रमुख ससस्त्र प्रहरी निरिक्षक गणेश भट्ट सँग कुरा गर्दा जनकारी नभएको र ईन्क्वारी गर्ने बताउनुभएको छ।

बाराको सदरमुकाम कलैया देखि दक्षिण पहाडि बस्तिहरु बाट दिनहु कलैया, बघवन, बरियारपुर तिर सयौ लिटरको मात्रामा खुला मदिरा निर्यात भईरहदा पनि ति चेक पोष्ट का प्रहरी तथा बरियारपुर चौकिका प्रहरीहरु केहि रकम लीइ निर्यात गराउदा बिना दर्ताको होटल सँचालन गराउदै आएका छन भनि बघवनका स्थानिय बासि गुनासो गरेका छन। आईतबार बिहान अन्दाजि ८ः०० बजे तिर ना १ ह ११४८ नम्बरको पहेलो कलरको टेम्पोरिक्सामा खुला मदिरा आईरहेको जनकारि गराउदा ससस्त्र चेकपोष्टमा भएका प्रहरिहरुले मदिरा बोकेको टेम्पोलाई छोडि मदिरा ल्याउने मान्छे भगाई अन्दाजि १५ लिटर खुला मदिरा समाई कलैया बसपार्क चौकिका प्रहरी नायब निरीक्षक ससिकान्त क्षा लाई बुझाएका छन भनि नाम नखोल्ने सर्तमा त्याहाका प्रत्यक्ष दर्शि ले बताएकाछन।

Comments are closed.