कर्मचारीमाथि हातपात, बिरोधमा कल्याणपुर नगरपालिकामा कामकाज ठप्प

गणेश कुमार शर्मा, सिरहा।। कर्मचारीमाथि हातपात भएको बिरोधमा कल्याणपुर नगरपालिकामा कर्मचारीहरुले विहानै देखि कामकाज ठप्प पारेका हुन् । ओभरसियर साफीमाथि हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीहरुले कामकाम ठप्प पर्दा सर्वसाधारहरु मारमा परेका छन् ।
गत भदौ–असोजमै कल्यापुर नगरपालिका ७ स्थित आधारभुत विद्यालय रम्पुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवितिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर साफीले जानकारी दिनुभयो । यता नगर प्रमुख सूर्यनाथ मण्डलले कर्मचारीमाथि भएको हातपात प्रति दुख व्यक्त गर्दै समस्या समाधानको पहल भईरहेको बताउनुभयो ।

त्यसै गरि सिरहा जिल्लाको कल्याणपुर नगरपालीकाका कर्मचारी कार्यालयमै कुटिएका छन् । कार्याकक्षमै रहेर काम गरिरहेको बेला ओभरसियर छेदि कुमार साफीलाई कल्याणपुर नगरपालीका ७ रमपुरा भेडियाका वासि दिपेन्द्र यादव सहित आएको समूहले हातपात गरेको जनाएको छ ।
गत भदौ–असोजमै कल्यापुर ७ कै आधारभुत विद्यालय रमपुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका दिपेन्द्र यादवसँग कामको सम्झौता र कार्यादेश ल्याउनुस अनिमात्र मूल्याङ्कन हुन्छ भनेवितिकै यादवसँगै आएका एक जनाले आफूमाथि हातपात गरेको ओभरसेयर छेदि साफीले बताए । उनले भने नगर सँग कुनै सम्झौता छैन, कार्यादेश छैन, के को आधारमा मूल्याङ्कन गर्ने भन्न नपाउँदै उनीहरुले गालामा झापड हानेको बताए ।
यता नगर प्रमुख सूर्यनाथ मण्डलले पनि आफूलाई उनले कुन बजेटबाट काम गरेको हो भन्ने विषयमा जानकारी नभएको बताए । उनलेभने, ‘जनसुकै काम भएको भएपनि कुटपीट गर्नु हुन्थेन, म कार्यालयमै थिएँ, मसंग सफर्क गरेको भए हुन्थ्यो । कर्मचारीमाथि हातपात गरेर उनले उदण्डता देखाए । यता वडा अध्यक्ष रामकुमार श्रेष्ठले भने आफूलाई यादवले कुन बजेटबाट काम गरेको केही जानकारी नभएको बताए ।
यता दिपेन्द्र यादवले आफूले गरेको कामको मूल्याङ्कन गर्न पटक पटक भन्दा पनि नमाने पछि हिजो विवाद भएको वेला एक थपड हानेको हो । मैले स्थानीय जनताको माग अनुसार काम गरे, मेयर र अधिकृतले पनि गर्नु भनेकोले गरेको हुँ उनले भने, ‘यति हुँदा हुँदैपनि ओभरसीयरले काम नगरेपछि मंगलबारको दिन विवाद भयो, त्यसमा एक झापड हानेकै हो ।
