bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पत्रकारलाई स्वास्थ्य सम्वन्धी अभिमुखिकरण

pokhariya Holi Notice

विराटनगर । मोरंग र सुनसरीका पत्रकारहरुलाई तीन दिने स्वास्थ्य विषयमा पत्रकारीता अभिमुखिकरण तालिम शनिवार विराटनगर टिचिङ्ग हस्पिटल कन्चनवारीको अवलोकन भ्रमण गर्दै सम्पन्न भएको छ ।
अवलोकन भ्रमणका क्रममा हस्पिटलका प्रवन्ध निर्देशक डा. ज्ञानेन्द्र कार्कीले स्वास्थय सम्वन्धी १ घण्टा विविध विषयमा जानकारी गराएपछि पत्रकारहरुले स्वास्थ्य सम्वन्धी प्रश्न गरेका थिए । नेपालको स्वास्थ्य क्षेत्रको समयस्या, विरामीले भोग्नु परेको समस्या, निजी स्वस्थ्य क्षेत्र फस्टाउने सरकारी अस्पताल लथालिङ्ग हुने जस्ता विषयमा छलफल भएका थिए ।
नेपाल प्रेस इस्टिच्यूट क्षेत्रिय सञ्चार स्रोत केन्द्रको संयोजनमा भएको तालिम विहीवार सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दहालले समुदघाटन गर्नुभएको थियो । सो अवसरमा दहालले भने ‘रोग लाग्नु भन्दा पनि नलाग्न दिनु उत्तम’ हुने भएकोले समाजिक विकास मन्त्रालय त्यस तर्फ उन्मुख भएको वताउंदै स्वास्थ्यमा पत्रकारहरुले प्राथमिकताका साथ स्वास्थ्य विषय वस्तुमा कलम चलाई दिइन यो अभिमुखिकरणले महत्व पुर्ण भूमिका खेल्ने भन्दै अभिमुखिकरणको सफलताको शुभकामना दिएका थिए ।
त्यसैगरी सोही अवसरमा सामाजिक विकास मन्त्रालयका डा. सरोज प्रसाद विशालले मन्त्रालयले निर्माण गर्ने निती नियम, स्वास्थ्य क्षेत्रमा गरेको योगदान, विरामीलाई अस्पताल जान नदिन किसिमले योग, आयुर्वेदिक औषधी लगायतको विषयमाका गर्दै आएको जानकारी गराउंदै स्वास्थ्य सम्वन्धी तथ्यांकहरु प्रस्तुत गरेका थिए ।
दोस्रो दिन अर्थात शुक्रवार सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने ‘विरामी लागेर हस्पिटल जानु भन्दा पनि पहिले समाधान गर्न पर्दछ’ भन्दै अवको स्वास्थ्यको बजेट ५० प्रतिशत रोग लाग्नु भन्दा पहिलेको लागि र ५० प्रतिशत रोग लागेपछिको लागि छुट्याउनु पर्ने वताए । देशमा जति समृद्धि आउ“छ त्यती नै मानव जीवन अप्राकृतिक हन्छ । विरामीको मुख्य कारण आहार विहार र मानवको जीवन शैली अप्राकृति भई रहेको अवस्थामा स्वास्थ्य जीवनको लागि एक मात्र उपाय योग भएको वताए ।
सोही दिन कोशी अंचल अस्पतालका मेडिकल सुपरिटेण्ड मनोरोग विशेषज्ञ डा. रोशन पोखरेलले मानसिक रोग सम्वन्धी जानकारी गराउंदै ‘कुनैपनि अनौठो काम गर्ने मानसिक रोगी हुन्छ । मानसिक रोग भनेको कुनै घटनाले सृजित हुन्छ । त्यसलाई औषधी भन्दा पनि जुन घटनाले मानसिक रोग लागेको हो त्यसको वारेमा जानकारी गराउनु हो । मानन जति सवै मानसिक रोगी हो । मानसिक रोगको वारेमा रोचक ढंगले सहजिकरण गरेका थिए ।
त्यसै गरी सुरक्षित मातृत्व सम्वन्धमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका केशु काफ्लेले मातृत्व स्वास्थ्य सम्वन्धी सहजीकरण गर्दै सुरक्षित मातृत्वमा महिला मात्र नभई पुरुषको पनि सहभागीता रहेको भन्दै सुरक्षित मातृत्व मा महिला पुरुषको यौन अंगहरुको सरसफाई देखि महिलाको गर्भ धारण देखि नजन्मुन्जल सम्म गरिने सुरक्षाका उपायहरुका वारेमा जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ मोरंगका अध्यक्ष बन्धुपोखरेलले स्वास्थ्य संस्था र नेपाल पत्रकारमहासंघ विच भएको गतिविधीहरुको वारेमा जानकारी गराएका थिए भने सहभागी पत्रकार मध्ये श्याम सुन्दर सुतिहारले स्वाथ्य चौकी आफै विरामी भएका एक स्वास्थ्य चौको तस्वीरहरु देखाउंदै स्वास्थ्य सेवा दिने संस्थामा भई रहेको हेल चक्राईको अवस्था वारे जानकारी गराएका थिए ।
सो अभिमुखि करण तालिमको सहजीकरण वरिष्ठ पत्रकार यज्ञ शर्मा, पत्रकार मोहन भण्डारी, क्षेत्रिय संचार स्रोत केन्द्रका संयोजक विरेन्द्र शर्माले गरेका थिए । अभिमुखिकरण तालिम प्रदेश नं. १ का सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको थियो ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.