विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

जेठ १५ देखि प्रदेश स्तरीय खेलकुद प्रतियोगिता हुने

0 866

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
देवताल psa

जेठ १५ देखि प्रदेश स्तरीय खेलकुद प्रतियोगिता हुने
उषा सरदार, बिराटनगर

समाजिक बिकास मन्त्रालय ले जेठ १५ गते देखि प्रदेशका विभिन्न जिल्लामा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। मन्त्रालय मातहतका युवा तथा खेलकुद महासाखाले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा बाडिएको प्रेस बिज्ञप्ति पढ्दै महासखा प्रमुख राजेन्द्र बुढाथोकीले विभिन्न खेल आन्तर्गत जेठ १५ देखि १८ गते सम्म खादबारी, संखुवासभामा महिला कवडडिको लागि २१,९०,८००बजेट, २१-२४ गते सम्म झापा , काकरभिट्टामा हुने पुरुष कवडडिको लागि १७,५७,४००बजेट, २७-३१सम्म इनरुवा , सुन्सरीमा हुने क्रीकेटको लागि १३,२३,३०० बजेट, १८-२१ सम्म सोलुखुम्बु , सल्लेरिमा व्याड्मिन्ट्नमा १५,९७,३०० बजेट, १७-१९ सम्म उदयपुर , गाइघाट्मा टेबुल टेनिसमा १३,२८,१०० बजेट, २१-२३ झापा , काकडभिट्टामा तेक्वान्दोमा १९,७८,00 बजेट, १८-२० सम्म इटहरी , सुन्सरीमा एथलेटिक्समा १९,४१,६०० बजेट, १६-१७ मा जतुवा , बिराटनगर मोरङमा ८,३०,२०० बजेट, २७-२९ सम्म इलाममा उसुको लागि १७,९८,०००बजेट , १५-१७ सम्म मोरङ, बिराटनगरमा करान्टेमा २३,९३,४५० बजेट, र बुढीगनगाको डोरितानको लागि ८,४६,५०० बजेट छुटयाएका छन ।बुढाथोकीले प्रत्येक गाउपालिका र नगरपालिकाको लागि ८-८ लाख र मोरङ बाहेकका जिल्ला सदरमुकाममा ५० लाख खेलकुदको लागि बजेट छुट्टयाइएको जानकारी गराउनु भयो। छेत्रीय खेलकुद बिकास समितिको समन्वयमा हुन लागेको खेलमा २३८८ खेलाडीको सहभागिता रहने जान्कारि छेत्रीय खेलकुद महासघका अध्यक्ष रबि नगरकोटिले जानकारी गराउनु भयो। सो अबसरमा बोल्दै सामाजिक बिकास मन्त्री जिबन घिमिरेले प्रदेशको खेलकुद छेत्रलाइ बिकास गर्न प्रदेश सरकार सधैं प्रतिबद्ध रहेको बताउनु भयो।उहाँले मन्त्रालयको ग्रसरतामा प्रदेश खेलकुद ऎन २०७५ प्रदेश सभाबाट स्वीकृत भइ प्रमानिकरणको आन्तिम चरणमा पुगेको पताउनु भयो। सो स्वीकृती लगतै मन्त्रालयले खेलकुद बोर्ड गठन गर्ने समेत बताउनु भयो।१३ जिल्लामा जिल्लास्तरको खेलमैदान तथा ८८ वटा गाउँपालिका र ३५ वटा नगरपालिकामा खेलमैदान निमाणका लागि यसै आर्थी वर्षमा बजेट निकासा गरि सकिएको बताउनु भयो। साथै मन्त्रालयले रास्टिय तथा अन्तरास्ट्रिय खेलाडी सम्मानको समेत कार्यक्रम राखेको छ।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.