विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

रौतहटको भगवानपुरमा बेवारिसे अवस्थामा शव फेला

cin bigyapan

अखिलेश कुमार यादव, रौतहट जेठ १४ ।।  रौतहट जिल्लाको राजपुर नगरपालिकाको वडा नं. २ भगवानपुरमा मङ्गलवार बिहान एक व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!

अन्दाजी ४०–४५ वर्षको व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । मृतको शव उखुको खेतमा फालिएको थियो । घाँस काट्न गएका एक स्थानीयले शव देखेपछि गाउँलेले प्रहरीलाई जानकारी गराएका थिए ।

घटनाको खबर प्राप्त लगतै जिल्ला प्रहरी कार्यालयको टाली र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार शव पहिचान गर्न गाह्रो भएकोले सनाखतको लागि जिल्ला अस्पताल गौर पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

baragadhi
Karaiya Mai

Comments are closed.