विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

जनकपुरधाममा मदिरा, सुर्तीजन्य पदार्थ बिक्रिबितरण गर्न नपाइने

cin bigyapan

जनकपुरधाम, १४ जेष्ट l

Thank you for reading this post, don't forget to subscribe!

जनकपुरधाम उपमहानगरपालिका भित्र रहेको मठमन्दिर, हस्पिटल, विद्यालय लगायतका सार्वजनिक स्थल भन्दा दुई सय मिटर वरपर मदिरा, सुर्ति तथा सुर्तिजन्य पदार्थ बिक्रिबितरण गर्न नपाइने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको अगुवाईमा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले मदिरा, सुर्ति तथा सुर्तिजन्य पदार्थ बिक्रिबितरणमा कडाई गर्ने निर्णय गरेको हो । नियम पालना भए नभएको सम्बन्धमा आवश्यक ठानेमा अनुगमन समिति बनाएर जनकपुरधाम उपमहानगरपालिकाले कुनै पनि बेला नियमन, निरीक्षण तथा अनुगमन गर्न सक्ने बैठकले निर्णय समेत गरेको छ ।

devatal gapa

बैठकमा सहभागी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश साहले जनाए अनुसार जनकपुरधाम पौराणिक दृष्टिकोणले समेत महत्वपुर्ण रहेको तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउन विभिन्न स्तरबाट पहल भईरहेको बेला जनकपुरधाम नगरभित्र दुई सय मिटर वरपर मदिरा, सुर्ति तथा सुर्तिजन्य पदार्थ बिक्रिबितरण गर्न निषेध गरिएको निर्णयले जानकी मन्दिरलाई विश्वसम्पदा सुचीमा सुचीकृत गराउन थप बल पुग्ने छ ।

नगर प्रमुख लालकिशोर साहको अध्यक्षतामा बसेको बैठकमा उपमेयर रीता झाका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, नागरिक सामाजका अगुवा लगायतको सहभागिता थियो । बैठकमा जथाभावी खसी तथा कुखुराको मासु बिक्रि बितरण गर्नाले नगरमा दुर्गन्ध बढेको भन्दै मासु बिक्रिबितरणको लागि समेत उचित स्थानका साथै बधशालाको निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो । बैठकमा अखाय पदार्थ, मदिरा तथा सुर्तिजन्य पदार्थको नियमन गर्न आ आफनो स्तरबाट गर्नुपर्नेमा समेत जोडतोड रुपले चर्चा चलेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत साहले जनाए ।

१८ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्केरी महिलालाई सुर्तिजन्य वा मदिराजन्य पदार्थ बिक्रि बितरण गर्न नपाईने साथै मदिरा तथा सुर्तिजन्य पदार्थलाई दैनिक उपभोग्य सामानसंगै नभई छुट्टै स्थानबाट बिक्रिबितरण गर्नुपर्ने नेपाल सरकारले समेत मापदण्ड निर्धारण गरेको छ ।

baragadhi
Karaiya Mai

Comments are closed.