गणेश कुमार शर्मा, सिरहा ।। जिल्ला प्रहारी कार्यालय सिरहाको मातहत बाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरीमा लागु औषध कारोवारमा संलग्न व्यक्तिहरु २३ जनालाई पक्राउ गरेका छ ।
लागु औषध कारोबारमा प्रयोग भएको सवारी साधान सात थान सहित प्रतिबन्धित लागु औषधहरु डाइजेल्याब ४ सय ८८ एम्पुल, डाइजेल्याब ७९ बोतल,डाइलेक्स डिसी १ सय ६ बोतल, नाइट्रोजेपाम ५ सय १७ टयाब्लेट,नोर्फिन ४ सय ७० एम्पूल, नोर्फिन ८० बोतल,फेनारगन ४ सय ५१ एम्पुल, फेनारगन ८० बोतल,
फेन्सिडिल २ बोतल, स्पास्मो प्रोक्सिभिन ४८ टयाब्लेट तथा रेकसकस १ बोतल सहित नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) माधवराज खरेलले बताए ।