bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदेशलाई कुपोषित बनाउने खेलमा वर्तमान सरकार ः निधि

pokhariya Holi Notice

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सात वटै प्रदेशलाई कुपोषित बनाउने खेलमा वर्तमान सरकार लागेको आरोप लगाएका छन् । उनले जसरी जन्मेको बच्चालाई समयमै भोजन नदिए कुपोषित हुने खतरा हुन्छ ठीक त्यसरी नै प्रदेश सरकारलाई चाहिने अधिकारहरु नदिएर कुपोषित पार्ने खेलमा संघिय सरकार लागेको आरोप लगाए ।
संघीय सरकारले अधिकार प्रत्यायोजन नगर्दा मुलुकमा संघीय प्रणाली अनुसार काम नभएको उनको भनाई थियो ।

वर्तमान सरकारले स्थानीय र प्रदेश सरकारलाई दिनुपर्ने अधिकार आफै राख्न खोजेकाले संघीयता खतरामा रहेको उनले उल्लेख गरे । ‘जबसम्म सातवटै प्रदेश सरकारको मातहतमा आइजीपी तहसम्मको प्रहरी अधिकारी र प्रहरी नियुक्ति तथा सरुवा, बढुवाको अधिकार हुँदैन तबसम्म संघीय प्रणाली चल्न सक्दैन,’ निधिले भने । उनले वर्तमान सरकारले देशमा निरंकुश कम्युनिष्ट अधिनायकबादी प्रणाली लाद्न खोजे आन्दोलन गर्ने चेतावनी दिए ।

Simraungadh Holi Notice

नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानलाई धनुषाको ढल्केवरमा सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले सरकारले अदालत लगायत धार्मिक तथा समाजिक संघसंस्थामाथि कब्जा गर्न खोजेको भन्दै यस प्रकारको गतिबिधि नरोकिए कांग्रेस आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । उनले भने ‘अहिलेको शासन प्रणाली संघीय लोकतान्त्रिक प्रणाली हो जुन कम्युनिष्ट सिद्धान्त विपरित छ,’ । वर्तमान संविधानको आडमा सत्ता चलाई रहेको ड्राइभरबाट देश दुर्घटनामा फस्ने खतरा रहेको उनले बताए । उनले भने‘ कांग्रेस संग राम्रो गाडी र दक्ष ड्राइभर छ तर पेट्रोल छैन ।’ उनले अब आउने निर्वाचनमा कांग्रेसको टैंक फूल गरेर मत रुपी पेट्रोल भर्न आग्रह गरे ।

नेपाली जनताको पक्षमा भएको प्रत्येक अधिकारको आन्दोलनको अगुवाई कांग्रेसले गरेको बताउँदै पूर्व उप प्रधानमन्त्री समेत रहेका निधिले जनताका लागि लड्ने पार्टी कांग्रेस मात्र रहेको दाबी गरे । कांग्रेसले २०३६ सालमा जनमत संग्रहको बेला संविधान बन्दा नेपालका कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित नरहने गरी संविधान बनाउने बचन दिएको बताउँदै उनले जन्मसिद्ध नागरिकका सन्तालाई समेत नागरिकता दिने कुरा कांग्रेसले संविधानमा लेखेको दावी गरे । कम्युनिष्ट सरकारले संसद तथा अदालतलाई प्रभावमा पारेर जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन आनाकानी गरेको उनले आरोप लगाए ।

जन जागरण अभियान कार्यक्रम शुरु हुनुअघि ठूलो संख्यामा स्थानीय नेता तथा कार्यकर्ताले कम्युनिष्ट सरकार विरुद्ध जुलुस निकालेका थिए । नेपाली कांग्रेस मिथिला नगरपालिका नगर कमिटि अध्यक्ष योगी महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य आनन्द प्रसाद ढुंगाना , महेन्द्र यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रम पुर्व मिथिला नगरपालिकामा निकालिएको जुलुसमा सहभागीहरुले भ्रष्ट ओली सरकार मुर्दावाद, प्रेस स्वतन्त्रता कायम गर लगायतका नारा लगाएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.