Ultimate magazine theme for WordPress.

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, एक जना घाइते

देवताल गाउपालिका सामाजिक शंदेश
0 1,582
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८
प्रभु यादव, कलैया ।।  बाराको कलैया उपमहानगरपालिका २६ श्रीपुरको कलैया पिलुवा सडक खण्ड अन्तर्गत मङगलबार दिउँसो ट्रिपरको ठक्करबाट एक जना महिलाको घटना स्थलमा मृत्यु भएको र अर्को एक जना घाइते भएका छन् । ना ८ ख ३१२९ नम्बरको ट्रिपरले वीरगन्जबाट कलैया आउँदै गरेको ना १६ प ९७५७ नम्बरको मोटरसाइकलाई दिउँसो पौने १ बजेतिर ठक्कर दिएको हो ।
मुस्लिमहरुको महान पर्व ईद–उल–फित्र मनाउन आफ्नो घर आइरहँदा मोटरसाइकलमा सवार एक दामपतिलाई टिपरले ठक्कर दिएको हो । मृत्यु हुनेमा बाराको सिसवा महेशपुरकी ३५ वर्षीया खुश्बु नेशा खातुनको घटनास्थलमै मृत्यु भएको हो भने उनका श्रीमान ४० वर्षिय जाकिर हुसैन गम्भिर घाइते भएका छन् । घाइते हुसैनको उपचार कलैयाको कलैया अस्पतालमा भईरहेको छ ।
नवलपरासीको कावासोतीमा व्यापार गर्दै आएका दम्पति बुधबार परेको इदु–उल फित्र मनाउन मोटरसाइकलमा घर फर्किँदै गरेका बेला ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपर र ट्रिपर चालक सुरेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । दुर्घटनालगत्तै स्थानीयले सडकमै मृतक खातुनको शव राखेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए ।
फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

सडक अवरुद्ध भएपछि घटनास्थलमा पुगेका प्रहरी र स्थानीय प्रदर्शनकारी बीच भएको छलफलमा तत्कालका लागि कलैया पिलुवा सडकखण्ड ट्रिपर चल्न नदिने सहमति भएपछि अपरान्ह सवा ३ बजेदेखि सडक सूचारु भएको बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan