वातावरण संरक्षणमा परिवर्तनका लागि हातेमालोको अहम भुमिका

विराटनगर, जेठ २५ ।
विश्व वातावरण दिवस लाई मध्यनजर गरेर विराटनगर महानगरपालिका वडा नं ३ स्थित डिभिजन वन कार्यलयकाे पर्खालमा जनचेतनाका निम्ति वातावरण जाेगाउ भन्ने मुल अभिप्रायकाे भित्ते चित्र बनाईएको छ ।
उधाेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकाकाे अायाेजना र परिवर्तनका लागि हातेमालाे काे संयाेजकत्वमा उक्त भित्ते चित्र बनाईएको हो । जनमानसमा एउटा चेतनायुक्त सन्देश पुर्याउन यो एक उपयुक्त अभियान भएकाे संस्थाका अध्यक्ष विनाेद परियारले बताउनुभयो । साे कार्यक्रममा मन्त्रालयका सचिवले भित्तामा रंग गरेर उद्घाटन गर्नुभएकाे थियाे भने डिभिजन कार्यालयका प्रमुखले धुपिकाे बिरुवा राेप्दै वातावरण जाेगाउन अाग्रह गर्नुभयाे ।

मन्त्रालयका सचिवले अब अाउने दिनमा एक घर एक बिरुवा राेप्नु पर्ने र यसाे गरेमात्र वातावरणमा सुधार हुने र वातावरण जोगिने तथा यसका लागि सम्पुर्णले अा-अाफ्नाे ठाउँबाट यसकाे लागि पहल र अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयाे । साथै भ्रमण वर्ष २०२० लाई सफल पार्न र प्रदेश नं १ लाई पर्यटनका निम्ति विश्वलाई चिनाउन १४७ स्थानिय ठाउँ पैदल यात्रा गरेको संस्थाका अभियन्ता सराेज काेईराला ले जानकारि गराउनु भयाे ।
अभियन्ताहरुकाे बाक्लाे उपस्थिति र वातावरण मन्त्रालयका सचिव लगायत डिभिजन कार्यलयका प्रमुख प्रदेशका माननीय सांसद र विराटनगर महानगरपालिकाका वातावरण शाखा प्रमुख समेतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

Comments are closed.