विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

रौतहटका दुर्गा भगवती गा.पा.मा काँग्रेसको जागरण अभियान

जागरण पछि नेता चौरसियाले दलितको घरमा गरे चिया नास्ता

1,255

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
रौतहट //  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको गत बैशाख २५ गतेबाट सुरु भएको जागरण अभियान अन्र्तगत आज रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा पनि जागरण अभियान सम्पन्न भएको छ । जागरण अभियानलाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसियाले अभियानले काङ्ग्रेस कार्यकर्ताहरुमा बढेको नैराश्यतालाई हटाएर सुदृढ र ससक्त काङ्ग्रेस निर्माणमा सघाउ पु¥याउने विचार व्यक्त गर्नु भयो ।
काङ्ग्रेसकै कारण मुलुकमा ठुला राजनीतिक परिवर्तनहरु भएको दाबी गर्दै काङ्ग्रेस कार्यकर्ताहरुलाई चुनावी पराजयबाट अलिकति पनि विचलित नभई लोकतन्त्र रक्षाका लागी सदैव लागि पर्न आग्रह समेत गर्नु भयो । कम्युनिस्ट सरकार आए रुन पनि पाइदैन भन्ने अभिव्यक्ति पार्टी सभापति शेर बहादुर देउवाको वर्तमान ओलि नेतृत्वको सरकारले प्रमाणित गर्दै लगेको जिकिर गर्नु भयो । नेपाली काँग्रेसका क्षेत्रिय सभापति शान्ति देवीको सभापतित्वमा भएको जागरण अभियानमा वक्ताहरुले लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्र गर्न सक्ने भएकाले काङ्ग्रेस एक हुनुको कुनै विकल्प नरहेको बिचार राख्नु भयो ।
अभियानमा सहभागी काङ्ग्रेस नेताहरुले काङ्ग्रेस नेतृत्व प्रति तिब्र असन्तुष्टी जनाउँदै नेतृत्वकै कारण चुनावमा काङ्ग्रेसले आफ्ना एजेन्डा जनतासम्म पु¥याउन नसक्दा पराजय भोग्नुपरेको आरोप समेत लगाउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि श्रीकान्त यादव, अतिथि सुनिल यादव, प्रदेश सभा सदस्य राजेश चौधरी, नगेन्द्र प्रसाद साह, पुर्व मन्त्री बृजकिशोर सिहं, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साह, वडा नं चारका वडा अध्यक्ष रामबाबु यादव, उपमेयर प्रत्यासी विश्वबहादुर साह, महासमिति सदस्य डा. देवचन्द्र मिश्रा, रामकृपाल यादव, संन्तलाल साह, राम सिंहासन राय यादव, जिल्ला सदस्य शेख इरफान, दिनेश केशरी लगायतको विशेष सहभागीता रहेको थियो ।
जागरण कार्यक्रम पछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया सहितका नेता तथा कार्यकर्ताहरुले दुर्गा भगवती गाउँपालिका वडा नं ५ झिटकैया टोल निवासी नेपाली कांग्रेसकाका दलित प्रदेश प्रतिनिधि पुर्व महासमिति सदस्य मगंनी महरा दलितको घरमा चिया नास्ता गर्नु भएको छ । जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि दलित परिवारको घरमा चिया नास्ता खाएको र यस्ता कार्यबाट हाम्रो समाजबाट छुवाछुतको भावना अत्त्य हुनमा मदत पुग्ने समेत बताउनु भयो ।
baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.