bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सामुदायिक विद्यालयमा विद्यार्थी अभाव

pokhariya Holi Notice

गणेश कुमार शर्मा, सिरहा,जेठ ३१ गते ।  सिरहामा शिक्षा शाखा, प्रअ र शिक्षकले गुणस्तरीय शिक्षामा बेवास्ता गर्दा निजीतिर जाँदै विद्यार्थीहरु । प्रदेश नं.२ विद्यार्थी भर्ना अभियान चलिरहँदा सिरहा जिल्लाभित्रका प्राथमिक र आधारभूत विद्यालयमा विद्यार्थी संख्या अन्त्यन्त न्यून पाइएको छ । अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गरिरहेकाले सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको हो ।

कल्याण्पुर नगरपालिका वडा नं. १ स्थित दलित बस्तिमा रहेको श्री प्राथामिक विधालयमा अहिले दैनिक ८०–११० जना विद्यार्थी मात्र उपस्थित हुने गरेका छन । त्यस्तै, अवस्था मिर्चैया नगरपालिका वडा नम्वर ६ (मटियर्वा)मा रहेको श्री आधारभुत विद्यालय(श्री प्राथमिक विधालय)मा पनि रहेको छ । रजिस्टरमा विद्यार्थी संख्या दुई सय भन्दा बढी उल्लेख भए पनि आधा विद्यार्थी नियमित रूपमा विद्यालय आउने गरेका छैनन ।

विद्यार्थी भर्ना बढाउन विद्यालयले घरदैलो अभियानसमेत चलाएका छन । तर, सामुदायिक विद्यालयमा अभिभावकको रुचि बढ्न सकेको छैन । सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किँदो रहेकाले छोराछोरीलाई निजी स्कुलमै भर्ना गरेको केही अभिभावकले बताए । त्यसो त कल्याण्पुर नगरपालिका र मिर्चैया नगरपालिकाका शिक्षा शाखाका कर्मचारीले नियमित रूपमा विद्यालयको अनुगमन नगर्दा विद्यालयको शैक्षिक स्तर खस्कँदै गएको स्थानीयको भनाइ छ । अधिकारसहित स्थानीय तह गठन भएपछि विद्यालयहरूको नियमित अनुगमन हुने र गुणस्तर बढ्ने अपेक्षा लिएका थियौँ ।

शिक्षक नै स्कुल जाँदैनन्ः अभिभावक
विद्यालयको गुणस्तर खस्किनुमा विद्यालयका प्रधानाध्यापक र त्यहाँ अध्यापन गराउने शिक्षकको लापरबाही पनि प्रमुख देखिन्छ । ‘प्रधानाध्यापकले विद्यालयको शैक्षिक गुणस्तर बढाउन काम गर्नुपर्छ कि पर्दैन ? एक अभिभावकले बताए, ‘शिक्षकसमेत नियमित रूपमा विद्यालय जाँदैनन । तैपनि कारबाही हुँदैन । यो हालत देखी–देखी कुन अभिभावकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्छन् ? बाध्य भएर राम्रो शिक्षाको खोजीमै आफूहरू निजी विद्यालयतर्फ आकर्षित भएको उनले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer