विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले आफ्नी श्रीमतीलाई कुटपिट गरेका छन् ।

421

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

बिराटनगर, उषा सरदार

Thank you for reading this post, don't forget to subscribe!

समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सार्वजनिक स्थलमै आफ्नी श्रीमतीलाई कुटपिट गरेका छन् ।

विद्यालय पढाएर फर्किरहेकी श्रीमती विनिता यादवलाई शुक्रबार बाटोमै हातपात गरेका हुन् । २७ वर्षीया विनिता द्वारका श्रीलाल सातनी यादव मावि बथनाहामा अध्यापनरत छिन् ।
सामाजिक छवि भएका ३५ वर्षीय नेता यादवले राजविराजस्थित घर फर्कँदै गरेकी श्रीमतीलाई मुक्का, खुट्टा र हेलमेटले निर्घात कुटपिट गरेका थिए । कुटपिटपछि विनिता बेहोस नै भएकी थिइन् । बेहोस अवस्थामै उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको छ ।

नेता यादवले राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलबाट पश्चिमतर्फ स्कुटर रोकेर अश्लिल गालीगलौज समेत गरेका थिए ।
पार्टीको कामले रम्पुरा मल्हनियाँबाट मोटरसाइकलमा फर्किरहेका अध्यक्ष यादवले श्रीमती चढेर आइरहेको स्कुटरको साँचो माग्दा नदिएपछि साँचो खोसेरै हेल्मेटले हिर्काएको विनिताले बताएकी छन् ।

devatal gapa

घटनापछि बटुवाहरुले उनलाई बेहोसी अवस्थामा अस्पताल पुर्‍याएकाे विनिताका बुवा रामनारायण यादवले बताए । अध्यक्ष यादवले भने श्रीमतीसँग स्कुटर माग्दा नदिएपछि खोसाखोस भए पनि कुटपिट नगरेको जिकिर गरेका छन् ।

आफू चढेको मोटरसाइकल साथीलाई दिएर विनिता चढेको स्कुटर लिएर आफू आएको उनले स्वीकारे । नौ वर्षअघि विवाहित विनितालाई पटक–पटक कुटपिट, गालीगलौज गर्दैआएपछि आठ वर्षदेखि विनिता राजविराज–५ स्थित माइत बस्दैआएकी छन् ।

गत वर्ष स्थानीय तहको निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुँदा सँगै राखेका यादवले निर्वाचन सकिएलगत्तै झगडा गरेपछि विनिता पुनः माइत बसेकी छन् । उनको आठ वर्षीय एक छोरा छ । अविश्वासकै कारणले उनीहरुबीचको सम्बन्ध चिसिएको गाउँलेहरु बताउँछन् ।

विनिताले अध्यक्ष यादवलाई पक्राउ गरी हदैसम्मको सजाय गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा शुक्रबार नै उजुरी समेत दिएकी छन् । ‘सधैँ कति पिटाइ खाएर बाँच्नु भन्दै प्रहरी समक्ष उजुरी दिएको हुँ, श्रीमानले घरभित्र पिटेको कुरा त लुकाएकै थिएँ, तर बाटोघाटोमै पनि पिट्न थालेपछि घटना बाहिर ल्याउन बाध्य भए,’ पीडित विनिताले बताइन् ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.