विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

बाल बिबाह बिरुद्ध हस्ताक्षर संकलन गर्दै महिला र किशोरी

0 969

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

दिलिप पाण्डे, रौतहट //  रौतहट जिल्लाका किशोरी र महिलाहरुले बाल बिबाह रोक्न मांग गर्दै गाउवासिको लिखित प्रतिबद्धता संकलन अभियान सुरु गरेको छ l रौतहट जिल्लाको इश्नाथ र परोहा नगरपालिकाका किशोरी र महिलाहरुले सो अभियान थाल्नु भएको हो l बाल बिबाह गर्नु हुदैन भन्ने सबैले भन्ने तर बाल विवाहलाई सजिलै स्वीकार गर्ने अवश्था रहेकोले आफुहरुले बाल बिबाह बिरुद्धको लिखित प्रतिबद्धता मांग गरेको अभियानमा सहभागी एक जना किशोरी अम्बिका गुप्ता बानियाले बताउनु भएको छ l

देवताल psa

रौतहटमा क्रियाशील संस्था ग्रामिण बिकाश केन्द्र र अक्सफामको सहकार्यमा संचालित बाल बिबाह बिरुद्धको अभियान कार्यक्रम अनतर्गत उक्त अभियान थालिएको हो l इश्नाथ नगरपालिकाको औरिया , मठिया , जटहारा र परोहा नगरपालिकाको रामपुरखाप र नरकटियामा सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा पुरुषहरुको सहभागिता बढ्दै गएको परियोजनामा कार्यरत सामाजिक परिचालक संजिदा प्रवीणले बताउनु भएको छ l

परियोजना अन्तर्गत गठित महिला र किशोरीहरुको छलफल केन्द्रका सहभागीहरुले उक्त हस्ताक्षर संकलन गर्ने अभियान सुरु गरेको र अभियानको क्रममा तिन हजार भन्दा धेरै प्रतिबद्धता संकलन गर्ने लक्ष्य राखिएको परियोजना अधिकृत मितु गुप्ताले जानकारी दिनुभयो l “बाल बालिकाको इच्छा बिबाह होइन शिक्षा ” भन्ने मूल नाराका साथ् थालिएको अभियानमा अहिले सम्म ९ सय भन्दा धेरैले हस्ताक्षर गरेको र अभियान निरन्तर रुपमा संचालनमा रहने परियोजना संयोजक धर्मेन्द्र कुमार साहले बताउनु भएकोछ l

हस्ताक्षर संकलन अभियानमा सहभागी प्रियंका साहले नेपालको कानुन अनुसार बिबाह गर्ने उमेर २० बर्ष भएपनि बिभिन्न कारणले बाल बिबाहकै संख्या बढदै गएकोले यसलाई रोक्न सामुहिक प्रतिबद्धता र सामुहिक प्रयास आवस्यक रहेको बताउदै शिक्षा पहिलो प्राथमिकता हुनु पर्नेमा जोड दिनुभयो l हस्ताक्षर संकलन अभियानको क्रममा स्थानीय जन प्रतिनिधि सहित प्रहरी, शिक्षक धार्मिक गुरु लगायतकाहरुको सहभागिता रहेको छ l

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.