विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

गाँउपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको मिलोमतोमा सुचना लुकाईँदै

cin bigyapan

परवानीपुर,६ असार ।।  बाराको परवानीपुर गाँउपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सुचना लुकाउन थालेको पाईएको छ । गाँउपालिका कार्यालयको वेभसाईट मार्फत सुचना अपडेट नगरी लुकाउन थालेको पाईएको हो । विगत लामो समय देखि गाँउपालिका कार्यालयको वेवसाईटमा कुनै पनि किसिमको सुचना उपलब्ध नभपछि गाँउपालिकामा भ्रष्टचार भईरहेको शंका उत्पन्न भएको स्थानीयबासीले बताएका छन ।

Thank you for reading this post, don't forget to subscribe!

सरकारले स्थानीयतहमा स्थानीय सरकारले गर्ने विभिन्न किसिम गतिविधीलाई आम सर्वसाधारणमा सार्वजनिक गर्न वेवसाईट मार्फत सुचना उपलब्ध गराउन आईटी अफिसर नियुक्त गरिएको छ ।

devatal gapa


तर ,परवानीपुर गाँउपालिकाले सरकारले लगाएको नियमको वेवास्ता गर्दे सुचना लुकाउन थालेको स्थानीयहरुको भनाई छ । गाँउपालिका कार्यालयको निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा हरीओम प्रसाद नियुक्त भएपछि गाँउपालिका कार्यालयको वेवसाईट अपडेट गर्ने परम्परा हराएको स्थानीय बासीहरुले बताएका छन ।

यस बिषयमा परवानीपुर गाँउपालिकाका अध्यक्ष हरीनारायण साहले गाँउपालिका कार्यालयको वेवसाईट नियमित रुपमा अपडेट हुदै आएको दावी गरे । उनले वेवसाईटमा सबै अपडेट हुन्छ , कहिले काँही मात्र कार्य व्यस्ताले वेवसाईट अपडेट नभएको पाउने ठोकुवा गरे ।

baragadhi
Karaiya Mai

Comments are closed.