परवानीपुर,६ असार ।। बाराको परवानीपुर गाँउपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सुचना लुकाउन थालेको पाईएको छ । गाँउपालिका कार्यालयको वेभसाईट मार्फत सुचना अपडेट नगरी लुकाउन थालेको पाईएको हो । विगत लामो समय देखि गाँउपालिका कार्यालयको वेवसाईटमा कुनै पनि किसिमको सुचना उपलब्ध नभपछि गाँउपालिकामा भ्रष्टचार भईरहेको शंका उत्पन्न भएको स्थानीयबासीले बताएका छन ।
सरकारले स्थानीयतहमा स्थानीय सरकारले गर्ने विभिन्न किसिम गतिविधीलाई आम सर्वसाधारणमा सार्वजनिक गर्न वेवसाईट मार्फत सुचना उपलब्ध गराउन आईटी अफिसर नियुक्त गरिएको छ ।
तर ,परवानीपुर गाँउपालिकाले सरकारले लगाएको नियमको वेवास्ता गर्दे सुचना लुकाउन थालेको स्थानीयहरुको भनाई छ । गाँउपालिका कार्यालयको निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा हरीओम प्रसाद नियुक्त भएपछि गाँउपालिका कार्यालयको वेवसाईट अपडेट गर्ने परम्परा हराएको स्थानीय बासीहरुले बताएका छन ।
यस बिषयमा परवानीपुर गाँउपालिकाका अध्यक्ष हरीनारायण साहले गाँउपालिका कार्यालयको वेवसाईट नियमित रुपमा अपडेट हुदै आएको दावी गरे । उनले वेवसाईटमा सबै अपडेट हुन्छ , कहिले काँही मात्र कार्य व्यस्ताले वेवसाईट अपडेट नभएको पाउने ठोकुवा गरे ।