bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सिरहामा पाँचौ अन्तराष्ट्रिय योग दिवस मनाईए

pokhariya Holi Notice

गणेश कुमार शर्मा, सिरहा,असार ०६ गते ।  जिल्ला सिरहाको मिर्चैया नगरपालीका वडा नं. ५ स्थित मोहन माध्यमिक विद्यालयको प्राङ्गणमामा पाँचौ अन्तराष्ट्रिय योग दिवस योगाभ्यास र महत्वको चर्चा गर्दै सिरहामा पनि मनाईएको छ । पाँचौ योगदिवसको अवसरमा सिरहा निर्वाचन क्षेत्र नं. ४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साहले योगअभ्यास गरेका छन् ।

योग अभ्यासमा काम गर्दै आएका पतञ्जली योगपीठ लगायतका संघ–संस्थाले सार्वजनिक रुपमा शुक्रबारको दिन पाँचौ योग दिवस मनाएका छन् । दिबसको अबसरमा भएको योगाभ्यास, प्रभातफेरी अन्तक्रिया लगायतका कार्यक्रमहरुमा स्थानीयदेखी सांसदसम्म, बालकदेखि वृद्धसम्म र मेयरदेखि व्यापारीसम्मको सहभागीता रहेको थियो । हरेक उमेर समूह तथा बिरामीका लागि पनि फरक–फरक तरिकाबाट योग गर्न सकिने भएकाले योगको आकर्षण बढ्दै गएको छ ।

योगको नियमित अभ्यासबाट स्वास्थ्य तन्दुरुस्त, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्मज्ञान प्राप्ति लगायतका सकारात्मक गुणको विकास हुने गरेको योग गुरुहरुको दाबी रहेका छन् ।

दिवसको अबसरमा नगर पतञ्जली योग समिति मिर्चैयाले पनि बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । समितिले दिबसको अबसरमा प्रभातफेरी निकालेका थिए । प्रभातफेरीमा सहभागिहरुले ‘योग गरौं निरोग रहौं’, ‘कपालभाती जीवनसाथी’ र ‘विश्व योग दिवस सफल पारौं’ लगायतका नारा लगाएका थिए ।

योग भनेको के हो ?
सजिलो भाषामा भन्दा योग भनेको मनलाई शरीरसँग जोड्नु हो । मनलाई आत्मासँग जोड्नु नै योग हो । योग भनेको साधना हो । योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ । युजको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो । यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माबीचमा संयोग स्थापित गर्नु नै योग हो । विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो । हामी सबै मनुष्यभित्र आत्मा छ । त्यही आत्मालाई परमात्मासँग मिलाउनु नै योग हो । जुन बेलामा आत्माहरूको सृष्टि भए, आत्मा शरीरमा गए, बन्धनमा भए । त्यसैले मान्छेको जीवन एक मात्र यस्तो माध्यम हो, जसमा ती सबै बन्धनलाई तोडेर आत्मालाई मोक्षतिर लैजान सकिन्छ । कर्मको विकारले आत्मा घेरिएको हुन्छ । यस्तो बेलामा विकारलाई हटाउने र आत्मालाई खुला गराउने योग मात्र साधन हो । खुला भएको आत्मा नै परमात्मासँग गएर मिल्छ । वास्तवमा जीवनको उद्देश्य नै यही हो । योगको माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारलाई हटाउनु र परमात्मासँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य हो । त्यसैले योग भनेको जोडिनु हो । शरीर तन्दुरुस्त बनाउन र अनेक रोगहरुबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्दछन् । चिन्ता, मानसिक तथा अन्य रोगहरूको निदानका लागि पनि मानिसहरूले योगको सहारा लिइरहेका छन् । योग एउटा यस्तो वैज्ञानिक विद्याको रूपमा प्रकट भयो, जसको प्रयोगले रोगब्याधिबाट त बच्न सकिने भयो । योभन्दा पनि कैयौं गुणा महत्त्वपूर्ण छ, योगको आध्यात्मिक पक्ष । प्रत्येक जीवमा ब्रह्मको दर्शन एवं ब्रह्माण्डको समग्रता बुझ्नु र त्यसलाई आत्मसात गर्नु योगको प्रमुख ध्येय हो । हिन्दू धर्मग्रन्थमा योग तथा साधनाका अध्यायहरू प्रस्तुत गरिएका छन् । पतञ्जली योग समिति मिर्चैयाका उपाध्यक्ष भरत महासेठले बताए ।

मिचैया नगरपालिकाको मेयर श्रवण यादवको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिरहा निर्वाचन क्षेत्र नं. ४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साहको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा अतिथिहरुको रुपमा नगर पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह,नगर योग समिति मिर्चैयाका उपाध्यक्ष भरत महासेठ, मिर्चैया नगरपालिका वडा नं.४का वडा अध्यक्ष दिनेश कुमार यादब, मिर्चैया आयुर्वेद औषधालयका प्रमुख  राकेश कुमार यादब,प्रभु बैंक लिमिटेड मिर्चैया शाखाका प्रमुख अशोक कुमार साह,जिल्ला योग समितिका उपाध्यक्ष श्याम मण्डल, जिल्ला योग समितिका सदस्य राजकिश्र साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनाल र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) पराक्रम राज भंडारी तथा विभिन्न विद्यालयका बिद्यार्थी, स्थानीयबासी, ब्यापारी, नागरिक समाज लगायतका सहभागीता रहेका थिए । त्यसै गरि अष्टावक्र फाउन्डेशन मिर्चैयाले पनि बिभिन्न कार्यक्रम गरी पाँचौ अन्तराष्ट्रिय योग दिवस मनाएका छन् ।

योग गर्दा के फाइदा हुन्छ ?

योगले शरीर र मनलाई सन्तुलित रूपमा समन्वय गरेर हटाउँछ । तर सही तरिकाले नगरिए फाइदाभन्दा बेफाइदा बढी गर्छ । उपयुक्त तरिकाले योग गरे सबै अंग, प्रत्यंग र ग्रन्थीहरूको व्यायाम हुन्छ र सबै अंगलाई सहज बनाइदिन्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ । योगले तनाव भगाउँछ ।

मीठो निद्रा लगाउँछ । भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढंगबाट चलाउँछ । प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ । अष्टावक्र फाउन्डेशन मिर्चैयाका सदस्य हरि पासमानले बताए । योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्रा्ष्ट्रिय योग दिवस मनाउन लागिएको हो ।

भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो। राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्रा्ष्ट्रिय योग दिवस मनाउन थालिएको हो। बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ। पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउँछन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer