पशुपति शर्माको गीत लाइ पछ्याउदै बाराका केहि संचारकर्मी
एनजीओ को आडमा स्थानीय तहलाई लुट्नुको साथै अख्तियारको पनि आखा छल्दै
प्रभु यादव, बारा ।। पशुपति शर्माको स्वरमा रहेको “लुट्न सके लुट ए कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट” भन्ने गीतको भाव बाराका केहि संचारकर्मीहरुले आफ्ना व्यवहारमा अभिव्यक्त गरि रहेका छन् । बारा जिल्लाका केहि संचारकर्मीहरुले स्थानीय तहहरुमा गई म संचारकर्मी हु मेरो एनजीओ लाइ कार्यक्रम पाएन भने म कसैको कार्यक्रम चलन नदिने धाक धम्कि दिने गरेका छन्।
भने केहिले मेरो पत्रिकामा सुचना पाएन भने तपाइको नकारात्मक समाचार सम्प्रेसन गर्छु भन्दै धम्की दिदै हिडेका छन् । म संचारकर्मी हु मलाइ अख्तियालले पनि केहि नगर्ने भनि आफुले स्थानीय तहहरुलाई भन्दै प्रचार बाजी गर्नमा व्यस्त रहेका छन् ।
म नेपाल पत्रकार महासंघको फलानो हो मलाइ कार्यक्रम चलाउन नदिएमा म कसैलाई नछोड्ने भन्दै सबै स्थानीय तहहरुमा अख्तियारलाई पनि मात दिरहेका छन् । एनजीओ को आडमा स्थानीय तहलाई लुट्नुको साथै अख्तियारको पनि आखा छल्दै आफु ठुलो भएको घमण्ड गरि रहेका छन् ।
यस्ता धाक धम्की सहन नगरि स्थानीय तहका योजना शाखाका शाखा अधिकृतहरुले गुनासो गरेका छन।