Ultimate magazine theme for WordPress.

परवानिपुर गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृतको मिलोमतोमा फोटो हेरेर रकम भुक्तानी हुदै ,कहाँ छ अख्तियार ?

देवताल गाउपालिका सामाजिक शंदेश
0 2,006
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

परवानीपुर,७ असार //  बाराको परवानीपुर गाँउपालिकाले बिकास निर्माण कार्यको रकम भुक्तानी फोटो हेरेर गरीरहेको पाएको छ ।गाउँपालिका अध्यक्ष हरीनारायण साह र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसादले कार्यालयमै बसेर फोटो हेर्दै रकम भुक्तानी गर्ने थालेका छन । बिकास निर्माणको कामको अनुगमन ,निरीक्षण गर्ने अधिकार गाउँपालिका अध्यक्ष र अधिकृतको रहेकोे छ ।

फेटा गापा सामाजिक संदेश ०७८

तर उनीहरुले आफ्नो अधिकारको दुरुपयोग गर्दै कार्यालयमै बसेर रकम भुक्तानी गरेको स्थानीयबासीले बताएका छन ।चालू आर्थिक बर्ष २०७५÷०७६ को अन्तिममा धमाधम बजेट रकम सिध्याउन तरिकाले बिकास निर्माण कार्यको अनुगमन नगरी रकम भुक्तानी गर्ने थालेको स्थानीय नागरिक समाजको भनाइ छ ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८

कुनैपनि बिकास निर्माण कार्यको अनुगमन नभए सम्म रकम भुक्तानी गर्ने नपाइने अधिकार स्थानीय सरकारको रहेको छ ।तर उनीहरुले यसको बेवास्ता गर्दै विगत लामो समय देखि गाँउपालिका कार्यालय मै बसेर रकम भुक्तानी गर्दै आएको स्थानीयहरुले बताएका छन ।

cin bigyapan

गाँउपालिकाले सरकारले लगाएको नियमको वेवास्ता गर्दे मनपरि तरिकाले बिकास निर्माण कार्यको मुल्यांकन नगरी हचुवाको भरमा रकम भुक्तानी गर्दै आएको स्थानीय अगुवाहरुको भनाई छ ।

गाँउपालिका कार्यालयको निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा हरीओम प्रसाद नियुत्त भएपछि गाँउपालिका कार्यालयमा मनपरि तन्त्र हाबी भएको भन्दै सरकारी नियम कानुनको धज्जी उडाएको स्थानीयबासीले बताएका छन ।

यता परवानीपुर गाँउपालिकाका अध्यक्ष हरीनारायण साहले गाँउपालिका कार्यालयले बिकास निर्माण कार्यको अनुगमन र निरीक्षण विना रकम भुक्तानी नगरेको बताएका छन ।उनले वेभसाईट मार्फत बिकास निर्माणको स्थलगत निरीक्षण सहित फोटो सार्वजनिक गर्ने बताए ।

cin bigyapan