विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

आजको पत्रकारिता युगमा अनलाइन खबरको महत्त्वपुर्ण भुमिका – मन्त्री घिमिरे

1,234

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

उषा सरदार, बिराटनगर
प्रदेश नम्बर एकको समाजिक विकास मन्त्री जीवन घिमिरेले आजको पत्रकारिता युगमा पेपर भन्दा अनलाइन खबरको बढी महत्त्व हरेको बताउनु भएको छ । अहिलेको युग जुन गतिमा अगाडि बढी रहेको छ यो गतीले समयसंग हिड्ने हो भने अनलाइन मिडियालाई महत्त्व दिनुको बिकल्प नरहेको मन्त्री घिमिरेले बताउनु भयो।
आज विराटनगरमा अनलाइन मिडिया समुहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले साप्ताहिक र दैनिक पत्रीका भन्दा अनलाइन मिडियाले छिटो सुचना प्रवाह गर्ने माध्यम बनेको हुनाले यसलाई थप सुधार गर्दै बिस्वस्नियताका साथ अगाडि बढाउदै लैजानु पर्ने बताउनु भयो । मन्त्री घिमिरेले प्रदेश सरकार बाट अरु सञ्चार माध्यम झै समानुपातिक बिज्ञापन तथा अनलाइन मिडियाकर्मीहरुलाई थप तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जाहिर गर्नु भयो ।
सोहि कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले अब देश बिकासको निम्ति अनलाइन मिडियाले सशक्त भुमिका निर्वाह गर्दै देश बिकासमा यसको योगदान रहने बताउनु भयो । अध्यक्षले पत्रपत्रिका भन्दा अनलाइन सञ्चार माध्यमले छिटो सुचना प्रवाह गर्ने गरेको बताउदै अनलाइन मिडियालाई अगाडि बढाउन सबै व्यापारीक प्रतिस्ठानहरु बाट सक्दो सहयोग गरिने प्रतिबद्धता जाहिर गर्नु भयो ।
सोही विषयमा बोल्दै मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले अनलाइन सञ्चार माध्यम समय सापेक्ष छिटोछरितो भएकोले यसलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने बताउनु भएको छ। रिजालले उद्योग संगठन मोरङ संग सहकार्य गरि अनलाइन मिडिया समुहलाई अगाडि बढाउन २५ हजार रुपैया सहयोग गर्ने समेत घोषणा गर्नु भएको छ ।अन्तरक्रियामा बोल्दै अनलाइन मिडिया समुहको मोरङ अध्यक्ष तेजेन्द्र बहादुर भणडारीले फेसबुक सञ्जालले गर्दा अनलाइन मिडिया बद्नाम भइ रहेकोले यसको लागि चहिने आवस्यक कानुन निर्माण गर्नुको पर्ने बताउनु भयो। साथै उहाँले अनलाइन मिडियाको लागि नियमन गर्ने निकायको समेत आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नू भयो अनलाइन सञ्चालकहरुले जहिले पनि सेवा ग्राहिलाई सेवा दिदा छिटो र सहिसत्य खबर सम्प्रेषण गरि अनलाइन प्रतिको विस्वास्नियता बनाई राखनुपर्न बताउनु भयो।भण्डारीले हामी समय संगसंगै चल्नु पर्छ र यस्को मध्यम अनलाइन मिडिया हो।

devatal gapa
Thank you for reading this post, don't forget to subscribe!
baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.