bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

ईस्टिमेट अनुसार सडक निर्माण नभएको स्थानीयको आरोप

pokhariya Holi Notice

परवानीपुर,९ असार/
गाँउपालिकाको बिकाश निर्माणमा अनियमितता भएको स्थानीयबासीले बताएका छन ।बाराको परवानीपुर गाँउपालिका वडा नम्बर २ रामपुर मुसहरीको सडक निर्माणमा अनियमितता भएको स्थानीयबासीहरुको भनाई छ । गाँउपालिका अध्यक्ष हरीनारायण साह र वडा नम्बर २ का वडा अध्यक्ष ईश्वरी साहको मिलोमतोमा भ्रष्टचार भएको स्थानीय युवा रामबाबु चौहानले बताए ।
उनले बिकाश निर्माणको उपभोतmा समिति बनाएर सडक निर्माणमा भ्रष्टाचार गरेको चौहानले आरोप लगाए ।बिकाश निर्माणका कमशल समाग्री प्रयोग गरेर भ्रष्टचार गरीएको स्थानीयहरुको दाबि छ । सडक निर्माणमा ईस्टिमेट अनुसार कार्य नगरी मनपरी बिकाश गरेको स्थानीय युवाहरुको भनाई छ ।
सडक निर्माणमा गाँउपालिकाको स्टिमेट अनुसार सडक निर्माण नभएको वडा कार्यालयले जनाएको छ ।सडक निर्माणमा ६ ईन्च मोटाई गर्ने भनिएपनि उपभोतmा समितीले मनोमानी गरी ४ ईन्च बनाएको कुरा सत्य भएको वडा कार्यालयको भनाई छ ।
यस बिषयमा वडा नम्बर २ का वडा अध्यक्ष ईश्वरी साहले बिकाश निर्माणको काममा सन्तुष्टि नभएको बताएपनि उपभोतm समितीले गाँउपालिका अध्यक्षको कुरामा लागेर काम नरोकेको बताए । उनले बिकाश निर्माण हचुवाको तालमा गरेकाले स्थानीयबासी बिरोध गर्नु स्वाभिक भएकाले स्वीकार गरेको बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer