bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सांसद प्रदीप यादवमाथीकाे कारवाहीले कार्यकर्तामा असन्तोष

pokhariya Holi Notice

वीरगन्ज ।  संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी नेपालका साँसद प्रदीप यादवलाई पार्टीबाट निलम्बित गरिएको घट्नाले सो पार्टीको आधार क्षेत्र तरंगित बनेको छ । बैशख २४ मा युरोपियन मुलुक लातभियामा भएको स्वतन्त्र तिब्बत सम्बन्धी एक कार्यक्रममा भाग लिएको आरोपमा डेढ मिहानापछि असार १० मा पार्टीले कारवाही गरेको छ । पार्टीको बिदेश नीति बिपरित साँसद यादवले उक्त कार्यक्रममा भाग लिएको आरोप पार्टीले लगाएको छ ।

मंगलवार पार्टीको केन्द्रीय पदाधिकारी बैठकले साँसद यादवलाई पार्टीको सदस्यबाट ६ महिनाको लागि निलम्बन गरेको छ । यस निलम्बनपछि उनको गृह जिल्ला पर्सा सहित वीरगन्ज क्षेत्रमा र तराइ मधेशका अन्य जिल्लामा पार्टीका नेता कार्यकर्ताले असन्तोष जनाएका छन् । साँसद यादवले निरन्तर सरकारको गलत गतिबितिप्रति सदनमा बिरोध जनाउदै आएकोमा पनि उनलाई निशाना बनाइएको भनी अथ्र्याइएको छ ।

यसअघि जेठ २ मा साँसद यादवले बुझाएको स्पस्टीकरणमा आफु लातभियामा बिभिन्न देशका साँसदहरुको छलफलमा भाग लिन भनेर पुगे पनि त्यहाँ गएपछि कार्यक्रम फरक भएको थाहा पाएर उपस्थिती नजनाएर र्फिकएको जनाएका थिए । पार्टीले यस विचमा उीहरु उपर कुनै कारवाही गरेको थिएन । डेढ महिनापछि आचानक कारवाही हुँदा चिनको काठमाडौंस्थित दुतावासको दबावमा पार्टीले यस्तो निर्णय गरेको आम बुझाई छ । कार्यकता र पार्टीका अन्य नेताहरुको तित्त भने बुझेको छैन ।

‘माननीय सान्सद प्रदीप यादव उपर कारवाहीको निर्णयप्रति पार्टीका आम कार्यकर्तामा व्यापक असन्तोष र रोष छ । पार्टीको सच्चा पहरेदार रहनु भएका लोकप्रिय नेताप्रतिको निर्णयमा देखिएको कर्याकर्ताको असन्तोष जायज पनि छ,’ पार्टीका जिल्ला नेता तबरेज अहमदले लेखेका छन्, ‘नेतृत्वपंक्तिको ध्यानाकर्षण होस ।’

त्यसतै पार्टीको विद्यार्थी संगठनको जिल्ला अध्यक्ष एजाजबाबु राँकले पार्टीको निर्णयले दुःख लागेको बताए । अन्य संगठनका अगुसवाहरु समेतको यस्तै प्रतिक्रिया छ । नेता यादवले आफु पार्टीको कार्यकर्ता भएको नाताले नेतृत्व बर्गले गरेको निर्णयप्रति टिका टिप्पणी नगर्ने बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer