विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

‘सिरिन्ज’ आक्रमणकारीको बयान – रमाइलोका लागि ढलानको किलाले घोच्थे

399

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

काठमाडौं । केही दिन यता राजधानी लगायतका क्षेत्रमा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापस्थायी घर भई नैकाप बस्दै आएका ३० वर्षीय सन्तोष कार्की रह्का छन् ।

Thank you for reading this post, don't forget to subscribe!

कार्की काठमाडौंको महाराजगन्ज (चक्रपथ) क्षेत्रमा फास्टफूड (खाजा) पसल सञ्चालन गर्छन् । दिनभर खाजा पसलमा ब्यस्त हुने सन्तोष साँझ फर्किँदा भने महिलामाथि आक्रमण गर्ने रहेछन् ।
उनलाई महाराजगञ्जको भाटभटेनी नजिकैबाट बिहिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर कार्कीले सिरिन्जले आक्रमण नगरेको दावी गरेका छन् ।

devatal gapa

प्रहरीका अनुसार कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन् । सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन् । यसबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

केही दिनअघि काठमाण्डौका विभिन्न ठाउँमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.