कुलदिप दास (प्रेम) जनकपुरधाम ।।प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा पत्रकारहरुको क्षमता अभिबृद्धि तालिम धनुषाको हारसर जीवन केन्द्रमा सुरु भएको छ । राज्यमन्त्री सरोज कुवाहाले उद्घाटन गरेको उक्त तालिम शुक्रवारसम्म चल्नेछ । तालिममा विभिन्न संचारमाध्यममा कार्यरत ३० संचारकर्मीको सहभागीता रहेको छ ।
तालिममा नागरिक दैनिकको सम्पादक गुणराज लुइटेल, पत्रकार अनिल कर्ण, प्रदेश २ का सुरक्षा सल्लाहकार विजयलाल कायस्थले प्रशिक्षण दिएका छन् । तालिम उद्घाटन समारोहमा राज्यमन्त्री कुशवाहाले देशको विकासमा पत्रकारको अहम भुमिका हुने गरेको बताए ।
उनले राज्यबाट पत्रकार हालसम्म विभेदमा पर्दै आएको बताउँदै प्रदेश २ सरकार विभेद नगर्ने प्रतिवद्धता जनाए । उनले पत्रकारिता विकासका लागि प्रदेश २ सरकार पत्रकारसँग हातेमालो गरेर अगाडी बढ्ने बताए ।
Comments are closed.