bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गौर ना.पा स्मार्ट सिटी बर्षायाममा हिलै हिलो

pokhariya Holi Notice

रौतहट।।  रौतहट जिल्लाको सदरमुकामको बाटोमा वर्षायामको बेला हिलै हिलो भएको छ। क्षेत्र नंबर १ का जनप्रतिनिधिले चुनावको बेला क्षेत्र तथा नगरलाई स्मार्ट सिटी बनाउन ठुल-ठुला फ्नो-आफ्नो वचन दिएता पनि नगरबासी बर्षायामको बेला हिलैहिलोमा हिड्न बाध्य भएका छन्।

सदरमुकाममा नाला बनेता पनि समय समयमा नालाको सफाई तथा नालाको पानी निकासी नहुदा नगरका कतिपय सडक स्विमिङ्ग पुल बनेका छन्। तर जन्ताको पीडा नै नबुझी अहिलेको जनप्रतिनिधि अषाढ मसान्तको बजेटमा लिप्त भएको स्थानीयहरु आरोप लगाएका छन्।

करिब एक बर्ष देखि नेपालकै चौथो बिधालयको रुपमा रहेको श्री जुद्ध उच्च माध्यमिक बिधालयको जाने सडक अहिले बर्षायाममा हिलैहिलोले भरिएका छन्। बिहानै देखि वर्षा हुँदा सो बिधालय तथा त्यहाँका बासिन्दाहरुलाई आवतजावतमा समस्या भईरहेको र हिलोमा लड्ने सम्भावना बढी रहेको स्थानीयहरुले जनाएका छन्।

आज अषाढ १५ गते राष्ट्रिय धान दिवसका दिन बगैचामा धान दिबस नमनाई सोही बाटोमा मनाउन स्थानीयबासी जनप्रतिनिधि संग अपिल गरेका छन्। सधन सहरी बिकाश केन्द्रको योजनामा आश्रय निर्माण कम्पनीले सो सडक बनाउने ठेक्का लिएता पनि सो निर्माण कम्पनीले चिप्लो माटो सडकमा पुरी बर्षायामको बेला हिलैहिलोमा हिडडुल गरी स्थानीयहरुलाई लड्ने बाटो बनाएको स्थानीयहरु आरोप लगाएका छन् तर जनप्रतिनिधि अहिले अषाढे बजेटमा लिप्त भएको स्थानीयहरु आरोप लगाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer