विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
Simarajitpur

मधेसमा पर्यटन बिकास बारे बिरगंजमा अन्तरक्रिया

605

Get real time updates directly on you device, subscribe now.

cin bigyapan

प्रदेश नं. २ का पर्यटकिय क्षेत्रको बिकाशका लागी वीरगंजमा नेपाल पर्यटन बोर्डको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डले ल्याउन लागेको आगामी आर्थीक बर्ष ०७६÷७७ को बजेट तथा कार्यक्रममा सम्बन्धि प्रदेश नं. २ का पर्यटकिय क्षेत्र संग आवद्ध बिभिन्न संघ संथाका सम्बन्धित ब्यक्तिहरु संग सो बिषयमा छलफल गरिएको थियो ।

Thank you for reading this post, don't forget to subscribe!

नेपाल पर्यटन बोर्डद्धारा संचालित भिजिट नेपाल २०२० लाई सफल बनाउनका लागी बर्षो देखी ओझेलमा परेको मधेशका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पर्यटकिय स्थलहरुमा नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण भएको छ । जसकारण अबका बर्षमा ओझेलमा परेका प्रदेश नं. २ का पर्यटकिय स्थलमा बिदेशी पर्यटकहरुको आकर्षण बढाइने भएको छ ।

नेपाल पर्यटन बोर्ड अहिले विविध समस्याहरुले गर्दा संक्रमण काल बाट गुज्रिरहेको बताउदै तराई मधेशमा खुल्ला सिमा नाका भएकाले भारतिय तथा अन्य मुलुकका पर्यटकहरुलाई भित्रयाउन तिन तहका सरकारको ध्यान पुग्नु पर्ने कुरामा पर्यटन बोर्ड संचालक समितिका सदस्य दिपक महतले जोड दिए ।

प्रदेश नम्बर २ उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक बैधले प्रदेश नं. २ मा भोजपुरी मैथिलि थारु तथा अन्य जातजातिको बसोबास भएपनि यि जातजातिको अन्य प्रदेश सरह प्रचार प्रसार तथा पर्यटन महोत्सव गर्न जरुरी रहेको बताए ।

devatal gapa

विश्वमा नेपाललाई चिनाउन तथा बिदेशी पर्यटक भित्रयाउन मधेशको ऐतिहासीक धरोहरको सम्बद्र्धन तथा बिकाश लागी नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण हुनु खुशीको खबर भएको बताउदै वीरगंज महानगरका मेयर बिजय सरावगीले खुल्ला सिमा नाकाले गर्दा भारतिय पर्यटन नेपाल आउदाको समस्यालाई निराकरण गर्नु पर्ने भन्दै पर्यटन प्रतिको समस्यालाई रेखदेख गर्न पर्यटन प्रहरीको कानुन निमार्ण गरी सकृय हुनुपर्ने बताए साथै भारतिय पर्यटन नेपाल प्रवेश गर्दा उनीहरुको गाडिमा स्टिकरको व्यवश्था हुनुपर्ने कुरामा जोड दिए ।

भिजिट मधेस नेपाल अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फले प्रदेश न. २ मात्र नभई तराई मधेसका २२ वटै जिल्लालाई जोड्दै पर्यटकिय धरोहरहरुलाई विश्व बजारमा चिनाउन डिजिटल माध्यमबाट आफुहरु लागी परेको र नेपाल पर्यटन बोर्डको अभियान मधेशको पर्यटकिय धरोहरलाई छुटाएर पुरा नहुने बताए।

अब नेपाल पर्यटन बोर्डले तराई मधेसको पर्यटकीय गन्तव्य एवं सम्भावनाहरुमा प्राथमिकताका साथ लगानी गर्नु पर्नेमा ध्यानाकर्षण गराए।अन्य क्षेत्र जस्तैः पर्यटन क्षेत्रमा पनि राज्यले मधेस संग विभेद गरेको जिकिर गरे। होटेल तथा पर्यटन व्यवशायी संघ प्रदेश नं. २ का महासचिव मोहन प्रसाद लामिछानेले हाल भएका पुर्वाधार, पर्यटकिय सडकका रुटहरु,होटेल तथा टुरीजम कलेज टेनिङ्ग सेन्टर यहाका सांस्कृतिक झल्काउने नृत्य लगायत बिभिन्न कुरामा पर्यटन बोर्डले ध्यान दिनुपर्ने भन्दै केहि बुदाहरु खुलाए ।

यस्तै पर्साका अध्यक्ष हरी पन्तले प्रदेश नं. २ पर्यटकिय दृष्किोणले पिछिडिएकोल नेपाल पर्यटन बोर्डले आफ्नो हरेक कार्यक्रममा मधेशलाई समेट्न सुझाव दिए । मधेशको समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रको विकास अपरिहार्य छ । कृषि र पर्यटन क्षेत्रलाई एक साथ समेटेर केन्द्र प्रदेश र स्थानिय तह अगाडी बढनु अहिलेको आवश्यकता हो ।

अन्तरक्रिया कार्यक्रममा उठान भएका बिषयहरुमा बोर्डका सदस्य अवधेश दाशले जवाफ दिदै तराई मधेसमा पर्यटन क्षेत्रको बिकासमा बोर्ड प्रतिबद्ध रहेको बताए।कार्यक्रमको सहजीकरण बोर्डका म्यानेजर सुमन घिमिरेले गरेका थिए।

baragadhi

Get real time updates directly on you device, subscribe now.

Karaiya Mai

Comments are closed.