तराई मधेशको पर्यटन विकासका लागि बोर्ड प्रतिबद्ध छ : बोर्ड सदस्य दास

वीरगन्ज, १७ असार । तराई मधेशको पर्यटकीय क्षेत्रको विकाशका लागि वीरगंजमा नेपाल पर्यटन बोर्डको आयोजनामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
Thank you for reading this post, don't forget to subscribe!नेपाल पर्यटन बोर्डले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट तथा कार्यक्रममा सम्बन्धित प्रदेश नं. २ का पर्यटकीय क्षेत्रसँग आवद्ध विभिन्न संघ संथाका सम्बन्धित व्यक्तिहरुसँग सो विषयमा छलफल गरिएको थियो ।
वर्षौंदेखि ओझेलमा परेको मधेशका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पर्यटकीय स्थलहरुमा नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण भएको छ ।जसकारण अबका वर्षमा ओझेलमा परेका प्रदेश नं. २ का पर्यटकिय स्थलमा विदेशी पर्यटकहरुको आकर्षण बढाइने भएको छ ।
नेपाल पर्यटन बोर्डले तराई मधेशमा पनि पर्यटन क्षेत्रमा लगानी गर्दै यहाँका पर्यटकिय गन्तव्य एवं गतिविधिको संरक्षण एवं प्रवर्द्धन र विकासमा ध्यानकेन्द्रित गरेको नेपाल पर्यटन बोर्ड सन्चालक समितिका सदस्य अवधेस कुमार दासले बताए ।
सदस्य दासका अनुसार तराई मधेशको पूर्व मोरङदेखि वीरगंजसम्म विभिन्न ठाउँमा सरोकारवालाहरुसँग प्रत्यक्ष छलफल गरी योजना तर्जुमाका लागि सुझाव संकलन गरिएको बताए ।तराई मधेशमा पर्यटन बिकासको प्रचुर सम्भावना रहेको र यसको उचित वातावरण निर्माणमा गर्न आफू लागी परेको जिकिर गरे ।
तराई मधेशको भारतसँग विशाल खुला सीमा पर्यटन क्षेत्रको लागी ठुलो बरदान रहेकोले यसको सदुपयोग गर्दै अगाडि बढनु पर्नेमा सदस्य दासको जोड रहेको थियो ।
तराई मधेशमा पर्यटनको बिकासका लागि बोर्ड प्रतिबद्ध रहेको सदस्य दासले बताएका थिए । विगतको आर्थिक वर्षहरुमा सदस्य दासको बिशेष पहलमा प्रदेश नम्बर २ को विभिन्न धार्मिक÷ऐतिहासिक धरोहरको विकास र स्तर उन्नतिका लागि बोर्डद्वारा बजेट छुटयाएको थियो ।
मधेशमा पर्यटनको विकासका लागि कोसीबीच टुरिज्मको अवधारणाका लागि अध्ययन÷अनुसन्धान जारी रहेको, राजविराजबाट सगरमाथाका लागि माउन्टेन फलाइटका लागि काम अगाडी बढेको सदस्य दासले कार्यक्रममा जानकारी गराएका थिए ।
सिम्रोनगढको इतिहास बिना नेपालको इतिहास अधुरो रहेको भन्दै सिम्रोनगढलाई बृहत धार्मिक, एतिहासिक, पर्यटकीय, पुरातात्त्विक पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिँदै पर्साको ठोरी र पर्सा राष्ट्रिय निकुञ्जको प्रवर्द्धनका लागि पनि बोर्ड लागीपरेको सदस्य दासले प्रकाश पारेका थिए ।

प्रदेश नम्बर २ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक वैद्यले प्रदेश नं. २ मा भोजपुरी मैथिलि थारु तथा अन्य जातजातिको बसोबास भएपनि यी जातजातिको अन्य प्रदेशसरह प्रचार प्रसार तथा पर्यटन महोत्सव गर्न जरुरी रहेको बताए ।
विश्वमा नेपाललाई चिनाउन तथा विदेशी पर्यटक भित्र्याउन मधेशको ऐतिहासिक धरोहरको सम्बद्र्धन तथा विकासका लागि नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण हुनु खुशीको खबर भएको बताउँदै वीरगंज महानगरका मेयर विजय सरावगीले भारतीय पर्यटकहरु नेपाल सरकारका प्रहरी, प्रशासनको असहयोग लगायत विभिन्न झन्झटिलो वातावरणले पीडित रहेको जिकिर गरे ।
भारतीय पर्यटकसँग हुने दुव्र्यवहारलाई न्यूनीकरण गर्न विशेष किसिमको कार्यक्रम संचालन गर्नु पर्ने बताए ।
मेयर सरावगिले भारतीय पर्यटक गाडीहरुमा भन्सारमै सबै चेकजाँच गरी नो अबजेक्सनको स्टिकर लगाइ निर्वाध रुपमा भ्रमण गर्ने वातावरण बनाउन ध्यानाकर्षण गराएका थिए ।
भिजिट मधेश नेपाल अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले प्रदेश न. २ मात्र नभई तराई मधेशका २२ वटै जिल्लालाई जोड्दै पर्यटकीय धरोहरहरुलाई विश्व बजारमा चिनाउन डिजिटल माध्यमबाट आफूहरु लागीपरेको र नेपाल पर्यटन बोर्डको अभियान मधेशको पर्यटकीय धरोहरलाई छुटाएर पुरा नहुने बताए ।
अब नेपाल पर्यटन बोर्डले तराई मधेशको पर्यटकीय गन्तव्य एवं सम्भावनाहरुमा प्राथमिकताका साथ लगानी गर्नु पर्नेमा ध्यानाकर्षण गराए । अन्य क्षेत्र जस्तै पर्यटन क्षेत्रमा पनि राज्यले मधेशसँग विभेद गरेको संयोजक सरार्फले जिकिर गरे ।
होटेल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं. २ का महासचिव मोहन प्रसाद लामिछानेले हाल भएका पूर्वाधार, पर्यटकीय सडकका रुटहरु, होटेल तथा टुरिजम कलेज टे«निङ्ग सेन्टर यहाँका संस्कृति झल्काउने नृत्य लगायत विभिन्न कुरामा पर्यटन बोर्डले ध्यान दिनुपर्ने भन्दै केही बुँदाहरु खुलाए ।
यस्तै पर्साका अध्यक्ष हरी पन्तले प्रदेश नं. २ पर्यटकीय दृष्किोणले पिछिडिएकोले नेपाल पर्यटन बोर्डले आफ्नो हरेक कार्यक्रममा मधेशलाई समेट्न सुझाव दिए ।
मधेशको समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रको विकास अपरिहार्य छ । कृषि र पर्यटन क्षेत्रलाई एक साथ समेटेर केन्द्र प्रदेश र स्थानिय तह अगाडी बढनु अहिलेको आवश्यकता हो ।
अन्तरक्रिया कार्यक्रममा उठान भएका विषयहरुमा बोर्डका सदस्य दिपक महतले पनि प्रतिक्रिया दिँदै पर्यटन बोर्डले सबैको सुझावहरुलाई आत्मसात गर्दै अगाडि बढ्ने बताए । कार्यक्रमको सहजीकरण बोर्डका म्यानेजर सुमन घिमिरेले गरेका थिए ।

Comments are closed.