Ultimate magazine theme for WordPress.

पोखरिया नगरपालिकाको श्रीसिया आज खुल्ला दिशा मुक्त घोषणा

देवताल गाउपालिका सामाजिक शंदेश
0 408
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८
राजन कुमार बानिया, पोखरिया, पर्सा ।।   पर्सा जिल्ला को पोखरिया नगरपालिका को वार्ड नं ६ श्रीसिया लाई अाज एक समारोह का बिच प्रमुख अतिथि रहनु भएकाा भौतिक पुर्वधार बिकास तथा यातायात मंत्री जितेन्द्र सोनल ले साबुन पानी ले हाथ धोएर तथा घोषणा पत्र पढेर खुला दिसामुक्त घोषणा गरेका छन। पोखरिया नगरपालिका लाई घोषणा गर्दै भने घर बाहिर जथाभाबि दिसा पिसाब नगर्न अाग्रह समेत गर्नु भयो । किन कि घरका महिला, पुरुष हरु बाहिर दिसापिसाब गरेपछी लाज मर्नु पर्ने कुरोहो।
किन कि राती मा दिसापिसाब बाटो मा गर्दा बाहिर बाट मोटरसाइकल चालक हरु लाईट बाले पछी लाजलागछ। घर घर मा मोबाइल र महंगो दाम को कपडा र बियर बार मा कम खर्च गरे खरिद हुनछ तर घरमा सौचालय हुदैन त्यो घरमा महिला हरु को ईजत हुदैन किन कि बहिर दिसापिसाब गर्न जादा बिभिन किसिम का घटना हुने गईरहेको देखिएको छ।
जब सम दिमाग मा सौचालय बन्दैन जब सम्म घरमा बन्दैन। बिश्व मा नेपाल यसतो देश हो जहा दिसापिसाब गर्न र सरसफाइ गर्न का लागी सिकाउने काम गर्छ। युग परिवर्तन भएको र नेपाल अहिले पछाडी परेको छ। नजिक रहेको यही पहाड मा खुला सौच गर्दैन र तर मधेस मा खुला सौच गर्छन । यसबारे  हामी हर समय धयान नदिएमा रोग को चपेटा मा पर्न सकिन्छ त्यसै बाट बचन को लागी घरघर मा सौचालय जरुरी रहेको बताए । बिकास को सन्धर्ब मा बोलदै प्रदेशसरकार बाट पोखरिया नगरपालिका मा स्तरिय देलमैदान बनाउन घोषणा समेत गर्नु भएको छ।
साथैै स्थानियतह,प्रदेश र केन्द्र सरकार को समन्वय मा गाउँ गाउँ मा जोडने बाट बनाउन समेत बताए ।पोखरिया को बिकास को लागी अाफु सकदो सहयोग गरिने बताए । खुला दिशा मुक्त घोषणा कार्यक्रम मा जिल्ला प्रसाशन कार्यालय पर्सा प्रमुख नारायण प्रसाद भटराई, सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज साह,अनुसंधान का एसपी कुमार खडका,प्रहरी नायब उपरिक्षक अान्नत शर्मा, खानेपानी डिभिन नं ३ का बारा पर्सा का प्रमुख जकि अहमद,नेपाल रेडक्रस सोसाईटी प्रदेश नं २ का अध्यक्ष फुलमहमद मिया,उपमेयर सलमा खातुन, संबिधान सभा सदस्य प्रधुमन चौहान, रामेश्वर रौनियार नेपाल पत्रकारमहासंघ पर्सा का कार्वाहक सभापती अनुप तिवारी,,युनिसेफ नेपाल का बोधराज , जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया,बिन्दबासनी उपाध्यक्ष किरण देवी गुप्ता , एनजियो सिसि पर्सा अध्यक्ष ईब्राहिम देवान,स्थानिय खलिल मिया, लगायत ले शुभकामना मन्तब्य ब्यकत गरेको थियोे । 
“एक घर एक चर्पि पोखरिया को शाना, पूर्ण सरसफाई युक्त नगर निर्माण हाम्रो अभियान” नाराकोसाथ पोखरिया नगरपालिका को वार्ड नं ६ श्रीसिया र पोखरिया नगरपालिका लाई खुल्ला दिसामुक्त घोषण पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार को अध्यक्ष्ातामा समपन भएको थियोे । घोषणा सभा मा चर्पी मा बानी बसालन मेयर रौनियार ले जनता हरु संग अाग्रह समेत गरेको थियोे ।
घोषणा सभा मा सो गाउँ का महिला पुरुष तथा बालबालिका हरु लाई जथाभाबी दिशा पिसाब नगर्न र अाफनै चर्पी मा दिशा पिसाब गर्न अाग्रह समेत गरे।पोखरिया नगरपालिका उपमेयर सलमा खातुन ले प्रतिबद्धता पढेर प्रतिबद्धता गराउनु भएको थियो । र वार्ड नं ६ श्रीसिया का वार्डअधयक्ष सियानन्द चौहान ले स्वागत मन्तब्य ब्यकत गर्नु भएको थियोे । पोखरिया नगरपालिकामा ईलाका प्रसाशन र मालपोत कार्यालय स्थापना को मांग समेत जोड दिनु भएको थियोे ।
घोषणा सभा मा प्रमुख प्रसाशकिय अधिकृत शिव प्रसाद रेगमी, घोषणा सभा कार्यक्रममा , वार्ड अधय्क्ष बंका पटेल,सुरेन्दर यादव, अजय कुमार गुप्ता , लक्षमण साह, ननदलाल पटेल, सोनालाल साह, किशोरी साह उमाकान्त साह रामबाबु चौहान, सचिव राजेश्वर पटेल, बिजय ठाकुर वास कोडिनेटर नरेन्द्र साह कानु, सुरेन्द्र सिह लगायत ले उपस्थित रहेको थियोे । श्रीसिया गाउँ मा ५९४ घरधुरी रहेको थियोे । घोषणा सभा मा पत्रकार लालबाबु बानिया, धर्मेन्द्र चौरसिया लगायत लाई दोसाला र प्रमाणपत्र दिएर सममान गरेको थियोे्।
फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan
विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan